बुटवल । प्रगतिशील लेखक संघ (प्रलेस), रूपन्देहीको दशौं अधिवेशन सम्पन्न भएको छ । नवौं अधिवेशनबाट निर्वाचित अध्यक्ष कविराज पाैडेलले महाधिवेशनले आतिथ्य परम्पराकाे सीमा रेखालाई भत्काइएकाे बताएका छन् ।
प्रलेस रूपन्देहीको दशौं अधिवेशनको उद्घाटन सत्रमा परम्परागत आतिथ्यता प्रणालीमा सुधार गरी प्रगतिवादी कवि रामचन्द्र भट्टराई, दिल साहनी र बूँद रानालाई सुरुमै अभिभावकीय आतिथ्य गराइएको उनले बताए । "अभिभावकीय आतिथ्यपछि मात्र प्रमुख अतिथि रहनुभएका प्रलेस केन्द्रीय उपाध्यक्ष प्राज्ञ नमुना शर्मालाई र अन्य अतिथिलाई आतिथ्यका लागि बाेलाइएयो र अन्तिममा सभाध्यक्षलाई आसनग्रहण गराइयो ।" पौडेलले भने, "अतिथिहरूलाई माथिल्लो र तल्लाे श्रेणीमा विभक्त नगरी समानता र सहअस्तित्वकाे अनुभूति दिलाउने गरी समतलीय पद्धतिलाई अनुसरण गर्ने पद्धतीको सुरुवात गरिएको छ ।"
अधिवेशनमा प्रलेस केन्द्रीय उपाध्यक्ष प्राज्ञ नमुना शर्मा, सचिव दलबहादुर गुरुङ, नेकपा (एमाले) जिल्ला अध्यक्ष यज्ञ गैरे, नेकपा (माओवादी केन्द्र) प्रदेश सचिवालय सदस्य सुजित बि.क, राष्ट्रिय जनमाेर्चाका नेता लिल ब. के.सी लगायतले बोलेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष प्रा. डा. कपिलदेव लामिछाने, प्रा.डा हिरण्यलाल ज्ञवाली, प्रलेस केन्द्रीय सदस्य हृदय लेकाली, प्रदेश उपाध्यक्ष तिलक लामिछाने प्रदीप प्रधान, अग्रज लेखक/साहित्यकार देवेन्द्र घिमिरे, दिल्लीराज भट्टराई ,रुद्र ज्ञवाली, अध्यक्ष मण्डलका संयाेजक पूर्व अध्यक्ष डा.मुरारी पराजुली, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, गिरी श्रीस मगर, डा.सागर न्याैपाने, ऋषि आजाद, रुद्र शर्मा दु:खी, डा. बालकृष्ण चापागाईं आदिकाे उपस्थिति रहेको थियो ।
बुटवलको अक्सफोर्ड माविमा सम्पन्न अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुवास रिजाल, ज्ञानु केसी र हिरालाल धामी, सचिवमा यज्ञलाल सुवेदी, सहसचिवमा गितारानी बदाल थापा, र कोषाध्यक्षमा टेकराज भुसाल रहेका छन । सदस्यहरू माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर केसी, बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हिरा शर्मा, शारदा पाण्डे, कमला बञ्जाडे र दुर्गादेवी थापा रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology