Logo

२०८३, श्रावण २७गते


images
images

भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको संलग्नता खोज्दै रास्वपा

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको संलग्नता खोज्दै रास्वपा

images
  • भिजिट भिसा प्रकरण  : गृहमन्त्रीको संलग्नता खोज्दै रास्वपा
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता सहितको यथेष्ट प्रमाण आफूहरूसँग रहेको दाबी गरेको छ ।

    images
    images
    images

    पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीविरुद्धका प्रमाणहरू आगामी संसद् बैठकमा प्रस्तुत गर्ने पनि जानकारी गराए ।

    images
    images
    images

    बिहिवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गृहमन्त्रीको संलग्नताबारे सरकार ले ढाकछोप गर्न खोज्नु लज्जास्पद भएको बताए । उनले गृहमन्त्रीज्यूको संलग्नताका यथष्ट प्रमाणहरु संकलन गरिरहेको र आगामी बैठकमा प्रस्तुत गर्ने बताएका छन् । 

    images
    images
    images

    राजनीतिक सुझबुझका साथ आजको बैठक सरल रुपमा चल्न दिएको पनि उनले बताए । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्बोधन नगरी आगामी बैठकहरू सञ्चालन गर्न नदिने झाले प्रष्ट पारे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।