कृष्ण अन्जान, रुरु । गएराति देखि परेकाे अविरल वर्षा पछि आएकाे बाढिले गुल्मी जिल्लाको सत्यवति गाउँपलिका खैरेनी रुद्रबेणी सडकखण्डमा बलेराे जिप बगाएकाे छ । उर्लिएर आएको उल्लिखाेला नजिकैकाे लेतेखाेलाले खोलाले उक्त जिप बगाएको हाे ।
बुटवलदेखी भुवाचिदी जादै गरेको लु १ ज ३४३२ नम्बर बालेरो जिप खोलाले बगाएको इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले जनाएको छ । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।
जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहिको पानीले उक्त जिप बगाएको प्रहरीकाे भनाई छ ।
जिपमा सवार सबै यात्रु सुरक्षीत रहेपनि उनिहरुको सबै समानहरु गाडि संगै बगेकाे छ ।
यस अघिको बर्खाको समयमा पनि माल बाहक ट्रक बगाएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology