Logo

२०८३, श्रावण २७गते


images
images

गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : काँग्रेस सांसद शर्मा

गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : काँग्रेस सांसद शर्मा

images
  • गृहमन्त्रीले राजीनामा दिनु नै बुद्धिमानी हुन्छ : काँग्रेस सांसद शर्मा
    images
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गरेका छन् । 
    मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताए ।

    images
    images
    images

    उनले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरूको तर्क कायमै रहेको जिकिर गरे । बजेट भाषणअघि  गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने समेत उनको भनाइ छ । 

    images
    images
    images

    उनले भने, ‘पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ । यद्यपि हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ । स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ । मलाई लाग्छ बेलुकासम्म केही आउला । नआए दुई÷चार दिनभित्र आउला किनभने १५ गते बजेट भाषण छ । बुद्धिमानी कुरा र नैतिकवान कुरा चाहीँ राजीनामा दिनु नै हुन्छ ।’

    images
    images
    images

    राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयम् नेतामा भर पर्ने भएको कारण अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रशस्त गर्नु नै नैतिकवान र बुद्धिमानी निर्णय हुने सांसद शर्माले दोहो¥याए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।