Logo

२०८३, श्रावण २७गते


images
images

संघीयता बलियो बनाउन प्रदेशमा तत्काल प्रहरी र कर्मचारी समायोजन आवश्यक : मुख्यमन्त्री सिंह

संघीयता बलियो बनाउन प्रदेशमा तत्काल प्रहरी र कर्मचारी समायोजन आवश्यक : मुख्यमन्त्री सिंह

images
  • संघीयता बलियो बनाउन प्रदेशमा तत्काल प्रहरी र कर्मचारी समायोजन आवश्यक : मुख्यमन्त्री सिंह
    images
    images

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता बलियो बनाउन प्रदेशमा प्रहरी तथा कर्मचारी समायोजनको कार्य शिघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । 

    images
    images
    images

    जनकपुरधाममा आयोजित “संघीयता सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा बोल्दै मुख्यमन्त्री सिंहले संघीय संसदको राष्ट्रिय सभामा मधेश प्रदेशबाट निर्वाचित सदस्यहरूद्वारा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् । 

    images
    images
    images

    मुख्यमन्त्री सिंहले कर्मचारीहरूको आवश्यक सहयोग नपाएकै कारण विकास बजेट इच्छाअनुसार खर्च हुन नसकेको बताए । समायोजन भएका कर्मचारीमध्ये ११ औं तहका अधिकृतलाई सचिवमा पदोन्नति गर्ने र पालिकामा खटाइने प्रमुख प्रशासकीय अधिकृतहरूको खटाइ प्रदेश सरकारको मातहतमा हुनुपर्ने उल्लेख गरे ।

    images
    images
    images

    उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा खटाइने सबै सचिवहरूलाई एकमुष्ट मुख्यमन्त्री कार्यालयमा पठाएको उदाहरण दिँदै मधेसका पालिकामा खटाइने प्रशासकीय अधिकृतहरू पनि मुख्यमन्त्री कार्यालयमार्फत पठाइनु विकास र संघीयता सुदृढीकरणका लागि आवश्यक रहेको बताए । 

    मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रासायनिक मल तथा बीउ विजनको आवश्यकता बढी भएपनि मलको कोटा न्युन रहेको उल्लेख गर्दै प्रदेशलाई बजेट जनसंख्याको आधारमा वितरण गर्नुपर्ने मागसमेत गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघीयता
  • # प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।