Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

मकवानपुरमा बसको ब्रेक फेल हुदा दुर्घटना : तीन जनाको मृत्यु

मकवानपुरमा बसको ब्रेक फेल हुदा दुर्घटना : तीन जनाको मृत्यु

images
  • मकवानपुरमा बसको ब्रेक फेल हुदा दुर्घटना : तीन जनाको मृत्यु
    images
    images

    हेटौडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सोमबार साँझ बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रु बस ब्रेक फेल भएपछि अनियन्त्रित हुँदा सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पुर्याइएको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    प्रहरीले बसचालक २( वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।