Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य

श्रमीकको स्वास्थ्योपचार रोजगारदाता राष्ट्रले गर्नेगरी डब्ल्युएचओमा प्रश्ताव लैजादैछौं : मन्त्री पौडेल

श्रमीकको स्वास्थ्योपचार रोजगारदाता राष्ट्रले गर्नेगरी डब्ल्युएचओमा प्रश्ताव लैजादैछौं : मन्त्री पौडेल

images
  • श्रमीकको स्वास्थ्योपचार रोजगारदाता राष्ट्रले गर्नेगरी डब्ल्युएचओमा प्रश्ताव लैजादैछौं : मन्त्री पौडेल
    images
    images

    काठमाडौं । बाहिरि मुलुकबाट श्रमका लागि पुगेका श्रमीकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ । उक्त प्रश्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो ।

    images
    images
    images

    विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ बिहीवार स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अन्य देशहरुमा कामदार पठाउने मुलुकहरुले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरुको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रश्ताव नेपालले  लैजाने गरी तयारी गरेको उल्लेख गरे । 

    images
    images
    images

    यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको पौडेलले बताए । प्रश्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किंदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने उनको भनाई छ । 

    images
    images
    images

    यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति र खर्चका कारणले उपचार नहुने स्थिति एवं कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति तथा रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य गर्ने उनले बताए । 

    मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको उल्लेख गरे । नेपालले लैजान लागेको प्रश्ताव डब्ल्युएचओको धेरै सदस्य राष्ट्रहरुका निम्ति आवश्यक रहेको उनको भनाई छ ।

    छिमेकी मुलुक भारतका प्रतिनिधिहरुसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरुमा दुई देश बीचमा सम्झौता गर्नेगरी अघि बढ्ने कुरा भएको मन्त्री पौडेलले बताए ।  छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बंगलादेश, श्रीलंका, मल्दिभ्स, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरुसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको समेत उनले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डब्ल्युएचओ
  • # श्रमीक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।