Logo

२०८३, श्रावण २७गते


images
images

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित

images
  • डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित
    images
    images

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस  अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

    images
    images
    images

    गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुन: अर्को कार्यकालका लागि निर्वाचित भए । गेब्रेयसस एक्लो उम्मेदवार थिए ।

    images
    images
    images

    ‘डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु’ निर्वाचित भएपछि उनले भनेका छन्, ‘यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु  ।

    images
    images
    images

    स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डब्ल्युएचओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।