Logo

२०८३, श्रावण २७गते


images
images

श्रमीक आयोग

श्रमीक आयोग बनाउनुपर्नेमा कांग्रेस नेता कोईरालाको जोड

श्रमीक आयोग बनाउनुपर्नेमा कांग्रेस नेता कोईरालाको जोड

images
  • श्रमीक आयोग बनाउनुपर्नेमा कांग्रेस नेता कोईरालाको जोड
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले श्रमीक आयोग बनाउनुपर्नेमा जोड दिनुभएको छ । बिहिवार ललितपुरमा नेपाल टे«ड युनियन कांग्रेसले १ सय ३६औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले श्रमीकहरुकै अथक प्रयासका कारण विभिन्न समयका आन्दोलनहरु सफल भएको बताउँदै श्रमीकको समस्या समाधान गर्न श्रम आयोग गठन गर्नुपर्ने कुरामा नेपाली कांग्रेस गम्भीर रहेको बताए । 

    images
    images
    images

    कांग्रेस नेता कोईरालाले होटलमा कार्यरत श्रमीकहरुले १० प्रतिशतको कुरा गरेको उल्लेख गर्दै कानून बनाएर यसलाई अगाडि बढाउन सर्वोच्च अदालतले समेत आदेश दिइसकेको उल्लेख गरे । उनले नेपाली कांग्रेसले उक्त कानुन निर्माणका लागि सघाउने प्रतिवद्धता समेत व्यक्त गरे । अहिले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच व्यापार युद्ध चल्दा विश्वको परिस्थिति नाजुक भएकाले त्यसको असर नेपाललाई पनि पर्ने उनले बताए । 

    images
    images
    images

    ‘हामीले केही हासिल गरेनौँ भन्नेकुरा होइन, हामीले हासिल गरेका छौँ । तपाईंहरुकै अथक प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा, तपाईंहरुको प्रयासले धेरै पहिलादेखि ०५१÷०५२ सालदेखिकै प्रयासले यो अहिले सफल भएको छ ।’ उनले भने, ‘अझ यसमा अनौपचारिक क्षेत्रलाई हामीले कसरी सामाजिक सुरक्षामा समावेश गर्ने भन्नेकुरा चुनौतिको विषय भएको छ । यसलाई हामीले अझ गम्भीर रुपमा लिएर अगाडि जानुछ ।’

    images
    images
    images

    सांसद कोईरालाले श्रमीकहरुले नलडेको भए २००७ सालको क्रान्ति, ०४६ र ०६२÷०६३ को आन्दोलन सफल हुन नसक्ने बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रमीक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।