काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको विश्वासबाट नै राजसंस्था पुनःस्थापना गर्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट नभएको बताए ।
उनले २००७ सालको परिवर्तनदेखि २०१७, २०४६, २०६२÷२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट नभएको उल्लेख गरे । लिङ्देनले अहिले आफूहरुले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट नभएको बताए । उनले एक दिनमा र एकै ढंगले परिवर्तन हुने कुरा नभएको जिकिर गरे ।
अध्यक्ष लिङदेनले भने, ‘नेपालमा भएका कुनैपनि परिवर्तन ब्यालेट पक्षबाट भएको छैन । २००७ सालको परिवर्तन पनि चुनाव भएर भएको होइन । २०१७ सालकै परिवर्तन पनि चुनावबाट भएको होइन । २०४६, २०६२,२०६३ का कुनैपनि परिवर्तनहरु ब्यालेटबाट भएका होइनन् । त्यसकारण हामीले अहिले खोजिरहेको परिवर्तन पनि ब्यालेटबाट होइन । जनताबाटै गर्ने भनेर हामीले निष्कर्षमा पुगेर अगाडि बढाएका हौँ ।’
अध्यक्ष लिङदेनले राजावादीहरु सबै बराबर रहेकाले सबैले मिलेर राजसंस्था पुनः स्थापना गर्नुपर्ने बताए । उनले दलहरुसँगको सम्बन्ध बढाएर योजनावद्ध रुपमा अघि बढ्नुपर्ने धारणा समेत राखे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology