Logo

२०८३, श्रावण २७गते


images
images

भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु वर्तमानको आवश्यकता  : सांसद गैरे

भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु वर्तमानको आवश्यकता  : सांसद गैरे

images
  • भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु वर्तमानको आवश्यकता  : सांसद गैरे
    images
    images

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु आजको आवश्यकता भएको बताएका छन् । मंगलवार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले विधेयकले नागरिकको भूमीसम्बन्धी हकलाई सुनिश्चित गर्ने बताए । 

    images
    images
    images

    सांसद गैरेले राज्यको नीतिअन्तर्गत संविधानमा गरिएको व्यवस्थाअनुरुप चल्न खोज्दै गर्दा हिजो राजाको हुकुमबाट व्यक्तिगत रुपले जग्गा बाँड्ने तरिकामा अभ्यस्त भएका र त्यसको प्रवृत्तिका रुपमा अझैपनि स्वरहरु सुनिनु नौलो कुरा नभएको टिप्पणी गरे । जनताको समस्या समाधान गर्न खोज्दा कार्यकर्तालाई बाँडेको प्रवृत्ति देखिनु दुःखद विषय भएको उनको भनाई थियो ।

    images
    images
    images

    गैरेले भने, ‘विधेयक अघि बढाएकोप्रति सरकारलाई धन्यवाद भन्न चाहन्छु । नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकसम्बन्धी व्यवस्था । संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्तहरुमार्फत गरिएको प्रवन्ध । राज्यका नीतिहरुअन्तर्गत संविधानमा गरिएको व्यवस्था । यसको माध्यमबाट नागरिकहरुको भूमीसम्बन्धी हकलाई सुनिश्चित गर्ने । नेपाल सीमाभित्र रहेको जमीनको सुरक्षा, भोगचलन र त्यसको माध्यमबाट मुलुकको समृद्धिका लागि योगदान पुराउने कुराका लागि भूमीसम्बन्धी समस्यालाई समाधान गर्नु र थप व्यवस्थित गर्नु आजको आवश्यकता हो ।’

    images
    images
    images

    उनले वर्तमानमा देखिएका चुनौति र समस्याको समाधान गर्दै नेपाली समाजलाई यस्तो प्रवृत्तिबाट मुक्त गर्नु आजको आवश्यकता भएको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद
  • # भूमी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।