Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

images
  • सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी
    images
    images

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ । 

    images
    images
    images

    ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले मंगलबार विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् । विज्ञप्तिमा  सो घटनाले माननीय सांसद पोखरेलको मान मर्यादामा पर्न गएको आघात प्रति विद्यालय परिवारले क्षमा याचना गर्दछ भनिएको छ । 

    images
    images
    images

    सांसद पोखरेलले आफूलाई स्वागत गर्न नआएको प्रधानाध्यापक मगरलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि सांसद पोखरेलले विज्ञप्ति निकालेर माफी मागेका थिए ।

    images
    images
    images

    विद्यालयको विज्ञप्ति:  

    ओखल्ढुंगा जिल्ला खिजीदेम्बा गाँउपालिका वडा नं. २ रगनीमा अवस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय रगनीमा मिति २०८३ साल बैशाख १० गते विहिवारका दिन बिहान ९ बजेको समयमा ओखल्ढुंगा जिल्ला प्रतिनिधिसभा सदस्य माननीय विश्वराज पोखरेल विद्यालयको समस्या तथा शैक्षिक गतिविधिको जानकारी लिन विद्यालयमा पूर्व कार्यक्रम अनुसार आँउदा विद्यालय प्रधानाध्यापक श्री सन्त बहादुर मगर आफ्नै कार्यकक्षमा विद्यालयका समस्या तथा आवश्यक मागहरु पेश गर्ने तयारी भइरहेको बेला माननीय विश्वराज पोखरेल विद्यालय हाताभित्र प्रवेश गर्नु भएको रहेछ । सोही समयमा प्र. अ. विद्यालयका मागपत्र तयार गर्ने क्रममा व्यस्त भइ माननीय विद्यालय प्रवेश गर्नु भएको जानकारी समयमै थाह नपाइ केहिबेरपछि मागपत्र सहित स्वागत सत्कार गर्न कार्यालयबाट बाहिर निस्कँदा माननीयज्यू विद्यालयबाट छोटो समयमा नै बाहिर निस्किसक्नु भएको रहेछ । हतारिदै विद्यालयका मागपत्र सहित माननीयलाई बाहिरी गेटमा भेट तथा स्वागत गर्ने क्रममा माननीयका अभिव्यक्तिप्रति प्र.अ. ले मनन गरि क्षमा याचना सहित मागपत्र पेश गरी विद्यालयको कार्यालयमा गई विविध पक्षमा छलफल भइ सौहार्दपूर्ण वातावरणमा उहाँको टीमसँग विदा भएको अवस्थामा यस घटनाले माननीयज्यूलाइ मान मर्यादामा पर्न गएको आघात प्रति विद्यालय परिवार पुनः क्षमा याचना गर्दछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।