माधव ज्ञवाली, गुल्मी । गुल्मीका एक युवाले सामाजिक काम गरेर आफ्नो जन्मदिन मनाएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका शिवलाल ज्ञवालीको परिवारलाई चामल, दाल, तेल लगायतका खाद्यान्न सहयोग गरि सोही गाउँपालिकाका युवा ब्यवसायी एवं समाजसेवी प्रकाश गौतम (भोजराज) ले आफ्नो जन्मदिन मनाएका हुन् ।
हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा गरिब घर परिवारलाई सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेको गौतमले बताए । उनले यस अघिका जन्मदिन पनि विभिन्न सामाजिक काम गरि मनाएका थिए ।
आफुले गरेको सानो सहयोगले परिवारलाई केहि दिनका लागी भएपनि जीविकोपार्जनमा केही सहयोग होस भनेर जन्मोत्सवमा फजुल खर्च नगरी विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराएको गौतमले बताए।
दशै नजिकिदै गर्दा यसरी आफुले सहयोग प्राप्त गर्दा कसरी दशै काट्ने होला भन्ने पिर अन्त्य भएको ६६ बर्षिया शिवलाल बताउँछन् । शिवलाल शारीरिक रुपमा पनि अशक्त छन्,घरमा अन्य आम्दानीको स्रोत केही छैन । उनले राम्रोसँग आँखाले ठम्याउन सक्दैनन।
काठमाडौंमा बिस्कुट बेकरीमा सानोतिनो काम गर्दै आएका उनको जागीर कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन पछि फुस्किसकेको छ। भन्छन् ," यतिका लामो समयदेखि सुको आम्दानी छैन । दशै कसरी मनाउना,परिवारलाई के खुवाउँला र खै ?भन्ने ठूलो पिर थियो । आज प्राप्त गरेको सहयोगले केही सहज हुने भएको छ ,निकै खुसी छु।"
लकडाउनको कारण निकै मारमा पर्दा समेत स्थानीय तहबाट कुनै प्रकारको राहत पाउन नसकेका ज्ञवालीलाई यसभन्दा पहिले यसै गाउँपालिकाका स्थानीय युवाहरु द्वारा संचालित घ्युबेशी राहत संकलन तथा वितरण अभियान मार्फत केही राहत प्राप्त भएको थियो। त्यो भन्दा पहिले कोहि कसैले सहयोग नगरेको उनको भनाई छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology