Logo

२०८३, श्रावण २७गते


images
images

सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै हुन् : जनार्दन शर्मा

सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै हुन् : जनार्दन शर्मा

images
  • सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै हुन् : जनार्दन शर्मा
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै रहेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित सङ्घीयता को कसीमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि सङ्घले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति सङ्घ सरकारले विश्वास नगरेको बताए ।

    images
    images
    images

    उपमहासचिव शर्माले सङ्घीयताको विरोधी अरू कोही नभएर सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू रहेको पुष्टि भएको जिकिर गरे । उनले सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा सङ्घीयता कार्यान्वयन नहुने गरेको बताउँदै कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको बताए । 

    images
    images
    images

    उनले बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू सङ्घ सरकारबाट भएको बताउँदै सङ्घीयता प्रतिको बुझाइ नै बेठिक भएको जिकिर गरे ।  
    उनले भने, ‘सङ्घीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका सङ्घले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो । तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन । त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ ।’

    images
    images
    images

    शर्माले सङ्घीयता कार्यान्वयनको लागि सङ्घीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।