कृष्ण अन्जान, रुरुक्षेत्र । विजया दशमीकाे शुरुवातसँगै रुरुक्षेत्रका शक्तिपिठहरुमा पुजा अर्चनासँगै देविका उपासकहरुद्दारा पुजापाठ शुरु भएकाे छ ।
मुख्य रुपले रुरुक्षेत्र १ भट्कुवाकाे डाँडिपाेखरी च्यूरेककाे ठुलापाेखरा रुरुक्षेत्र ५ काे बम्घाकाेट रुरुक्षेत्र ३ काे थाेर्गा देउरालीकाेट रिडीकाे कालिका मन्दिर लगाएतका शक्ति पिठ हरुमा दैनिक चण्डी पाठ लगाएत पुजा अर्चना चलिरहेकाे छ ।
काेभिड सँक्रमणका कारण शक्ति पिठ हरुमा खासै भिड भाड त छैन तैपनि स्वास्थ मापदण्ड अपनाउँदै दैनिक पुजा पाठ सन्चालन गरेका छौँ रुरुक्षेत्र १ ठुलापाेखरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेश्वर ज्ञवालीले बताए ।
घटस्थापनाका दिन देखि नै मन्दिरहरुमा जमरा राख्ने देवि स्थापना गर्दै विहान बेलुका पुजा पाठ गर्ने काम शक्ति पिठ हरुमा चलिरहेकाे छ ।
नवरात्रि भरि नै नित्य पुजा पाठ गरिएपनि फुलपाति कालरात्रि नवमि काेजाग्रत पुर्णिामामा लाग्ने विशेष मेलाहरु भने काेभिड कै कारणले प्रभावित हुने देखिएकाे छ ।
त्यसाे त गाउँघरमा दशै मनाउन बाहिर बाट आउने क्रम शुरुवात भए सँगै मठ मन्दिर भिडभाड बढ्न सक्ने हुनाले पनि विशेष सतर्कता अपनाउँदै पुजा पाठ र शक्ति पिठहरुमा सबै स्वास्थ मापदण्ड अपनाएर पुजा अर्चनाकाे व्यवस्था मिलाईएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology