Logo

२०८३, श्रावण २७गते


images
images

संविधान संशोधन

संविधान संशोधन गर्न काँग्रेस—एमालेले चासो दिएनन् : माधव नेपाल

संविधान संशोधन गर्न काँग्रेस—एमालेले चासो दिएनन् : माधव नेपाल

images
  • संविधान संशोधन गर्न काँग्रेस—एमालेले चासो दिएनन् : माधव नेपाल
    images
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको आरोप लगाएका छन् । मे दिवसको अवसरमा बिहिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् । 

    images
    images
    images

    अध्यक्ष नेपालले संसारका अरू देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा र दोस्रो ठूलो पार्टी प्रतिपक्षमा बस्ने गरेको बताउँदै नेपालमा संसदका दुवै ठूला राजनीतिक दल सरकारमा बसेको जिकिर गरे । उनले संविधान संशोधन गर्ने भन्दै नेपाली काँग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गरे । 

    images
    images
    images

    सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको अध्यक्ष नेपालको भनाई छ । उनले देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन र समीक्षा गर्नुपर्ने आवश्यकता पर्ने भएपनि नेपालमा त्यो हुन नसकेको उल्लेख गरे । अध्यक्ष नेपालले संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिए पनि व्यवहारमा लागू हुन नसकेको धारणा राखे । सरकारले संविधानमा लेखिएका जनताका हक तथा अधिकारलाई व्यवहारमा लागू गर्न चिन्तन र बहसको आवश्यकता महसुस नगरेको समेत आरोप लगाए ।

    images
    images
    images

    अध्यक्ष नेपालले वर्तमान अवस्थामा राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताउँदै इतिहासमा हराइसकेको राजसंस्थालाई फर्काउने कसैले कल्पना गरेको भए सपना नदेख्न आग्रह समेत गरे । केही दिनअघि राजसंस्थालाई फर्काउन केही मान्छेहरूले कोशिस गरेको बताउँदै उनीहरूले हिंसात्मक गतिविधिबाटै वास्तविक रूप देखाएको जिकिर गरे । उनले सोही दिन एकीकृत समाजवादी सहभागी समाजवादी मोर्चाले गरेको कार्यक्रम शालीन, प्रभावशाली र संस्कारी रहेको दाबी गर्दै त्यसले जनतामा उत्साह र सकारात्मक सन्देश दिएको दावी गरे ।

    पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले जनताका छोराछोरी राष्ट्रपति बन्ने चलनलाई अगाडी बढाउने र भएका कमी, कमजोरीहरूलाई सुधार गर्दै संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संविधान संशोधन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।