कृष्ण अन्जान, रुरु । करिब शून्य जस्तै रहने रुरु सँस्कृत विध्यापिठ क्याम्पसमा पचासकाे दशक पछि यसपटक पैँसठ्ठि जना नया विध्यार्थी भर्ना भएसँगै चहलपहल वढेकाे छ ।
त्यत्तिमात्रै हाेईन विध्यापिठ भवन छात्रावास शिक्षक आवास ट्रस्ट लगाएतमा रँगराेगन गरि चिटिक्क मात्र पारिएकाे छैन भत्के बिग्रेका सँरचनाहरुकाे पुनर्निर्माण कार्य समेत जारी छ ।लाग्छ, लामाे समय पछि रुरु सँस्कृत विध्यापिठ क्याम्पसले नयाँ काँचुली फेर्दै छ ।
सँस्कृत वाँगमयकाे विकासका लागि सरकारले महेन्द्र सँस्कृत विश्व विध्यालयकाे स्थापना मात्र गरेन देशैका विभिन्न ठाउँमा सँस्कृत क्याम्पसकाे स्थापना गर्दै सँस्कृत शिक्षाकाे विकासमा नया अयाम थप्ने काम गर्यो । बिक्रम सम्वत २०४३ सालमा स्थापना भएकाे महेन्द्र सँस्कृत विश्वविद्यालय ले देशै भरि गरि एक दर्जन भन्दा बढि आफ्नाे मातहतका अाँगिक सँस्कृत विध्यापिठ स्थापना गर्याे जुन सँस्कृत शिक्षामा क्रान्ति थियाे ।
क वर्गमा व्याकरण साहित्य र वौद्द दर्शन ,ख बर्गमा नेपाली अँग्रेजी अर्थशास्त्र जस्ता विषयकाे अध्ययन अध्यापन हुने र भत्ता र अावासकाे व्यवस्थाले विध्यार्थिका अाकर्षणकाे केन्द्र रहेका सँस्कृत विध्यापिठ यतिवेला सुनसान मात्र देखिन्नन कुनै विध्यपिठहरुमा विध्यार्थी भन्दा शिक्षक र कर्मचारीकाे सँख्या धेरै छ ।
महेन्द्र सँस्कृत विश्वविद्यालय अन्तरगत रुरुधामकाे रातामाटामा २०४६ सालमा बनेकाे रुरु सँस्कृत क्याम्पस याे क्षेत्रकाे शैक्षिक केन्द्रकाे रुपमा केही समय आफुलाइ स्थापित गरेपनि पछिल्लो समय लाग्छ मात्र दिनकटाउने माध्यम भएकाे आराेप आई रहँदा फेरी विध्यापिठले स्वरुप परिवर्तन गर्ने आशा पलाएकाे छ ।
सँस्कृत शिक्षा प्रति सरकारकाे उदासिनता , लामाे समय सम्म राज्य सँस्कृत शिक्षा राज्यकाे अास्रित रहनु र पुर्विय दर्शन प्रति कसैकाे चासाे नहुनु राजनैतिक प्रभावले सँस्कृत शिक्षा प्रति हेर्ने दृष्टिकोण पुर्वाग्रहपुर्ण भएकाले समस्या निम्तिएकाे बुझाइ रुरु सँस्कृत विध्यापिठका नव नियुक्त प्रमुख खगेश्वर गौतमकाे छ ।तर अाफु यी सवै कुरालाई यकातिर थाति राखेर रुरु सँस्कृत विध्यापिठलाई उठाउने तयारीमा लागेकाे प्रमुख गौतम बताउनु हुन्छ ।
रुरु सँस्कृत विध्यापिठमै अध्ययन गरेर उक्त विध्यापिठमै अध्यनापन गर्दै प्राचार्य जस्ताे पदमा पुगेका युवा व्यक्तित्व गौतमले स्थापना भएकाे एकतिस वर्ष पछि परम्परागत शैलिंमा सन्चालन भैरहेकाे विध्यापिठलाई व्यवस्थापकिय भौतिक र शैक्षिक सुधारलाइ प्रमुख प्राथमिकता राख्ने उदघाेषले समायनुकुल परिवर्तनकाे अाशा गर्ने ठाउँ रहेकाे वौद्द दर्शनका उप प्रध्यापक खगेन्द्र भुषालले बताए ।
भौतिक सम्पतिले सम्पन्न हुँदा हुँदै पनि याे विध्यापिठले समुदाय सँग समन्वय गर्न नसक्दा समस्यामा परेकाे प्रष्ट देखिएकाे छ ।
विध्यापिठ सँग ३४ राेपनि सात अाना जग्गा सुविधा सम्पन्न शिक्षण भवन पुरुष छात्रवास महिला छात्रावास प्रध्यापक तथा कर्मचारि अावास भवनले सुसज्जित भवन यतिवेला एउटा कक्षा काेठामा एक जना विध्यार्थिलाइ एकजना शिक्षकले अध्यापन गरेकाे दृष्यले विरक्त लाग्ने गरेकाेमा अव नयापन देखिन थालेकाे छ ।
मुख्य रुपले याे क्षेत्रकाे समुदाय यति ठुलाे शेक्षिक सँस्था प्रति यतिका वर्ष उदासीन रहेकाेमा प्रमुख गौतमले गुनासाे गरे ।
यहाँ सम्मकि विध्यापिठ सन्चालन नियमवलिमा व्यवस्था भएकाे विध्यापिठ विकास समिति ३१ बर्ष देखि गठन गरिएकाे छैन र समिति गठनमा विध्यापिठ व्यवस्थापन मौन देखिनुलाई अाश्चर्यकाे रुपमा हेरिएकाे छ ।
तर पहिलाे पटक ३१ वर्षको परम्परा ताेड्दै विध्यापिठ व्यवस्थापन समिति गठन गुरुकुलिय पद्धतिबाट फलित ज्याेतिषकाे अध्ययन अध्यापन विध्यापिठकाे भौतिक सँरचनात्मक र शैक्षिक विकासलाई समुदाय सँग जाेड्न सराेकारवाला हरु सँग अन्तरक्रिया भएकाे छ र नया सुझाव हरु अाएकाे प्रमुख गौतमले जानकारी दिए ।
यथास्थितिमा रुरु सँस्कृत विध्यापिठलाइ राख्न मनले मानेन फलित ज्याेतिष कर्मकाण्ड सँगै वास्तु सहितकाे इन्जिनियरँग विषय पढाउँदै शैक्षिक विकासका गन्तव्य बनाउने मेराे लक्ष छ र स्थानिय सराेकार वाला विध्यापिठ व्यवस्थापन विच यसैवारेमा अन्तरकृया भएकाे छ म अाशावादि छु प्रमुख गौतमले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology