देवदह । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भन्डारीले मुलुक आर्थिक रुपमा अघि बढ्न नसकेको बताएका छन् । राजनीतिले सहि ट्रयाक लिन नसक्दा देश आर्थिक ट्रयापमा फँस्न पुगेको उनले बताए । नेपाल जेसीज अन्तर्गत क्षेत्र ‘घ’ का अध्यक्षहरुको सम्मेलनलाई देवदहमा उद्घाटन गर्दै पुर्व मन्त्री भण्डारीले प्राकृतिक रुपमा देश धनी भएपनी राजनीतिक अन्तरद्धन्द्धका कारण विकासले गति लिन नसकेको वताए ।
‘आजको समस्या के हो ? गाउँ घर किन रित्तिदै छन्, पहाड खाली छ, भोलि शहर पनि खाली हुँदैछ ।’ जेसीज युवाहरुलाई ईङ्गित गर्दै उनले भने, ‘यसप्रती तपाई युवाहरु चिन्तित हुनुपर्यो ।’ दृढ संकल्प बोकेर अगाढि बढ्नेहरुले नै सफलता प्राप्त गर्ने तर्क गर्दै उनले त्यस्तो संकल्प बोकेकाहरु समेत पछिल्ला दिनमा कमजोर बनेको उल्लेख गर्दै जेसीजले त्यस्ता मन बहकिन नदिन उर्जा बाँढ्न्पर्ने सुझाव दिए । महङ्गी बेरोजगारी, युवा पलायन जस्ता समस्याले देश ग्रस्त बनेको बताउँदै जेसिजका युवाहरुमा रहेको ज्ञान, सिप र क्षमता देशको विकास र परिवर्तनमा देखाउन उनले आग्रह गरे ।
अहिले तथ्यहिन हिसाबले कुतर्क गर्नेहरुले चोक र चौताराहरु भरिने गरेको भन्दै हरेक युवा उद्यमसंग जोडिने हो भने विकासले गति लिन समय नलाग्ने बताए । ‘हामीसँग जल, जमिन, जङ्गल, जरिबुटी, लगाएत थुप्रै अवसरहरु रहेका छन्, तर पनि देश किन विकशित हुन सकेन ?’ उनले भने, ‘अव तपाईहरुले २७५ जना सांसदलाई म्यसेज गरेर प्रश्न गर्ने वेला भएको छ ।’
नेपालमा पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाम जस्ता सयौं धार्मिक क्षेत्र र हजारौं पर्यटकिय स्थलहरु रहेको भन्दै भण्डारीले अव युवाहरुले त्यस्ता क्षेत्रहरुलाइ उपयोग गरेर विकासको लय समाउन अग्रसर हुनुपर्ने भनाइ राखे । उनले गल्ती गर्नेलाई गालि मात्र गरेर नहुने भन्दै गरेको गल्ति औंल्याईदिएर सुधारको बाटो समेत देखाउन युवाहरुलाई आग्रह गरे ।
नेपाल जेसीजको आयोजना र देवदह जेसीजको आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्र ‘घ’ अन्तर्गतका ५८ वटा जेसीजका अध्यक्षहरुलाई सम्बोधन गर्दै नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष सौरभ श्रेष्ठले जेसीजका युवाहरु उद्यमबाट टाढा हुन नहुने बताए । उनले युवा विनाको उद्यम कल्पना समेत गर्न नसकिने बताउँदै यसबारेको बहस अघि बढाउन जेसीज अध्यक्षहरुलाई आग्रह गरे ।
जेसीजका राष्टिय उपाध्यक्ष तथा क्षेत्र ‘घ’ का निरुपित उपाध्यक्ष सन्दिप खत्रीको अध्यक्षता, प्रेसिडेन्ट मिट कार्यक्रमका निर्देशक एवम् देवदह जेसीजका पुर्व अध्यक्ष सुरेन्द्र अधिकारीको स्वागत, देवदह जेसीजका अध्यक्ष दिपक अधिकारीको धन्यवाद ज्ञापन र सचिव कमला अर्यालको सन्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology