काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन् । आईतवार ललितपुर स्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए ।
उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उल्लेख गर्दै नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्न सके विश्वबाट आउने पर्यटकहरुले नेपलको रसस्वादन गर्नसक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्नसक्ने उल्लेख गरे । सिंगो नेपाललाई प्राकृतिक गन्तव्यको रुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
‘हाम्रो विविधतापूर्ण संस्कृति छ । यो विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति हामीले निर्वाह गर्नुपर्ने भुमिका आफ्नो आफ्नो ठाउँमा हामी निर्वाह गर्दछौँ ।’ उनले भने, ‘हामी केबल भौतिक सम्पदाको मात्रै कुरा गरिरहेका छैनौँ । अभौतिक सम्पदा, हामीसँग त्यत्तिकै भाषाहरु छन् ।’
मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरु पनि नयाँ र फरक फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology