Logo

२०८३, श्रावण २७गते


images
images

पर्यटन

नेपाल-भारत साझेदारीमा पर्यटन मुख्य आधार

नेपाल-भारत साझेदारीमा पर्यटन मुख्य आधार

images
  • नेपाल-भारत साझेदारीमा पर्यटन मुख्य आधार
    images
    images

    भैरहवा । नेपाल र भारतबीच पर्यटन, व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।  उनीहरुले साझा समृद्धिको आधार निर्माण गर्न पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

    images
    images
    images

    भारतको गोरखपुरमा आयोजित भारत-नेपाल आर्थिक सहयोग मञ्च-२०२६ मा सहभागी वक्ताहरूले नेपाल-भारत सम्बन्धलाई आर्थिक साझेदारीसँगै पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याएका हुन् । उनीहरूले दुवै देशका सरकारी तथा निजी क्षेत्रबीच समन्वय र सहकार्य विस्तार गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    कार्यक्रममा नेपालको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि संयुक्त पहल आवश्यक रहेको धारणा राखिएको थियो । बुद्ध जन्मस्थल लुम्बिनी, लुम्बिनी सर्किट, पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, रेसुङ्गाधाम तथा सगरमाथालगायतका गन्तव्यलाई भारतीय पर्यटकको प्रमुख आकर्षण केन्द्रका रूपमा विकास गर्न सकिने विषयमा छलफल भएको थियो ।

    images
    images
    images

    सोहि अवसरमा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ ले नेपाल-भारत पर्यटन सहकार्यलाई सुदृढ बनाउन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को प्रभावकारी सञ्चालन आवश्यक रहेको बताए । भारतीय वायुसेवा कम्पनीहरूले भैरहवाबाट नियमित उडान सञ्चालन गर्न अग्रसरता देखाउनुपर्ने र लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो ।

    एसोसिएसनका उपाध्यक्ष किशोर श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै भारतीय निजी कम्पनीहरूले नेपाल लक्षित पर्यटन प्याकेज विकास गर्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबीच प्रत्यक्ष सहकार्य बढाउनुपर्नेमा उनले जोड दिए ।

    भारतस्थित नेपाली दूतावासका आर्थिक काउन्सिलर रविन्द्रजङ थापाले नेपालमा पर्यटन, उद्योग र लगानीका क्षेत्रमा प्रशस्त सम्भावना रहेको बता ए। लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारले विभिन्न सुधारात्मक कदम अघि बढाएको उल्लेख गर्दै उनले नेपाल र भारतका निजी क्षेत्रबीचको सहकार्यले आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

    दूतावासका सहसचिव तारानाथ अधिकारी ले नेपाललाई क्षेत्रीय पर्यटन केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायीबीच सेतुको भूमिका निर्वाह गर्न दूतावास प्रतिबद्ध रहेको बताए । दुई देशबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई पर्यटन विकाससँग जोड्नुपर्नेमा उनले जोड दिए ।

    नाटा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारी ले नेपाल-भारत पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र सक्रिय रहे पनि त्यसलाई प्रभावकारी बनाउन दुवै देशका सरकारी निकायबीच नीतिगत सहकार्य आवश्यक रहेको बताए ।

    मञ्चका सचिव अतुल कुमार ठाकुर ले नेपाल-भारत आर्थिक तथा पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। मञ्चका सल्लाहकार तथा भारतीय उद्योगपति अनुकुल भटनागर ले नेपाल-भारतको ऐतिहासिक सम्बन्ध आर्थिक, पर्यटन तथा लगानी सहकार्यका माध्यमबाट थप मजबुत बन्दै गएको धारणा राखे ।

    कार्यक्रममा सहभागी नेपाली पक्षले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय निजी वायुसेवा कम्पनीहरूको नियमित उडान विस्तारका लागि आग्रह गरेका थिए। साथै भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा भारतीय लगानी आकर्षित गर्न, सीमा क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न तथा निर्माणाधीन एकीकृत जाँच चौकी (आईसीपी) लाई भारतीय रेल सञ्जालसँग जोडेर भैरहवा भन्सारसम्म रेल सेवा विस्तार गर्नुपर्ने विषयसमेत उठाइएको थियो ।

    नेपाल र भारतका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, वाणिज्य तथा उद्योग सङ्घका पदाधिकारी तथा विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा द्विपक्षीय सहकार्यका विविध आयामबारे अन्तरक्रिया, अनुभव आदानप्रदान तथा गोलमेच छलफल गरिएको थियो। सहभागीहरूले पर्यटन, व्यापार, लगानी र पूर्वाधार विकासलाई केन्द्रमा राखेर नेपाल-भारत सम्बन्धलाई अझ परिणाममुखी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल-भारत
  • # पर्यटन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।