काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यु स्थगन गरेको छ । तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश सनिवार बिहानबाट स्थगन गरेको हो ।
शुक्रवार बेलुका ४ : २५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिवार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर, तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology