अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेका छन् ।
जिल्ला मधुबनी लौकाहा ग्राम पञ्चायत वडा नं.- ९ बस्ने सत्यनारायण साहको छोरा वर्ष २२ को शंकरकुमार साहलाई अज्ञात व्यक्तिहरूले अपहरण गरी नेपालको दशगज्जातर्फ लगेको भारतीय सुरुक्षाकर्मीहरुले सूचना दिएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीका सशस्त्र प्रहरी निरीक्षक लाल बहादुर खड्का कमाण्डमा सशस्त्र र नेपाल प्रहरीका संयुक्त टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ ।
बलान बिहुल गाउँपालिका वडा नम्बर —५ रामनगर नेपाल भारत सीमा स्थित झाडीमा खुट्टामा साङ्लोले बाधि लडाइरहेको अवस्थामा राती १०ः०० बजे सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय करेडबोनाले जनाइएको छ ।
सो स्थानमा खोजतलास गर्दा एनसेल कम्पनीको नेपाली सिम कार्ड प्रयोग भएको साधारण मोबाइल सेट एक थान फेला परेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology