Logo

२०८३, श्रावण २७गते


images
images

नेपाल प्रहरी रणनीतिक सम्मेलनको शुभारम्भ, गृहमन्त्री अर्यालले गरे उद्घाटन

नेपाल प्रहरी रणनीतिक सम्मेलनको शुभारम्भ, गृहमन्त्री अर्यालले गरे उद्घाटन

images
  • नेपाल प्रहरी रणनीतिक सम्मेलनको शुभारम्भ, गृहमन्त्री अर्यालले गरे उद्घाटन
    images
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय 'नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२' शुभारम्भ भएको छ । गृहमन्त्री अर्यालले पानसमा दीप प्रज्वलन गरी उक्त सम्मेलनको उद्‍घाटन गरेका हुन् ।

    images
    images
    images

    समारोहमा गृहमन्त्री अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित गरिएका नेपालमा सामाजिक संजालको प्रयोग र साइबर अपराधबीच अन्तर सम्बन्ध सम्बन्धी अध्ययन, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन तथा ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवम् व्यवहार सम्बन्धी अध्ययन गरी तीन वटा अध्ययन प्रतिवेदनहरू सार्वजनीकिकरण गरेका थिए । 

    images
    images
    images

    समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपाल प्रहरीले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयमहरूको बारेमा नागरिक समाजका प्रभुत्व व्यक्तिहरू, सुरक्षा विज्ञहरू लगायत समाजका विभिन्न तप्काका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नुलाई अत्यन्तै सकारात्मक पहलको रूपमा लिएको चर्चा गर्दै यस सम्मेलनको पूर्ण सफलताको कामना समेत गरे । प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने उनले बताए । 

    images
    images
    images

    गृहमन्त्री अर्यालले यस सम्मेलनमा हुने अन्तरक्रिया र बहसहरूले आम जनताले अपेक्षा गरे अनुरूप प्रहरी संगठन बनाउने, सेवा प्रवाहका सन्दर्भमा मूल्यवान तथा ठोस् सुझाव प्राप्त हुने र प्राप्त सुझाव, निष्कर्ष एवम् मार्गदर्शनहरूले नेपाल प्रहरीको रणनीतिक रूपान्तरणमा ठोस् योगदान पुर्‍याउने एवम् नेपाल प्रहरीले प्रदान गर्ने सेवा अझ प्रभावकारी, पारदर्शी र विश्वासिलो हुने विश्वास व्यक्त गरे । मन्त्री अर्यालले सांगठनिक क्षमताहरूको पुनर्स्थापना र अपराधका नवीनतम् चुनौतीहरूको सम्बोधन गर्न सक्षम एवम् सुदृढ संगठन निर्माणका लागि यस सम्मेलन अत्यन्तै उपयोगी हुने तथा सम्मेलनका निष्कर्षहरू र तत्पश्चात्‌का नेपाल प्रहरीका रणनीति एवम् योजनाहरू कार्यान्वयनमा नीतिगत रूपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 

    समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखा परेका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न यस सम्मेलन महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यमान अवस्थामा साइबर अपराध, आर्थिक अपराध जटिल रूपमा देखा पर्दै आइरहेको तथा परम्परागत अपराधका प्रवृत्तिहरूमा समेत परिवर्तन हुँदै आएको बताउँदै यस्ता अपराधहरू नियन्त्रण एवम् न्यूनीकरण गर्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण हुने र यस भूमिका निर्वाहमा सबै प्रहरी कर्मचारीहरू केन्द्रित हुनुपर्ने बताए ।

    समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संविधान, प्रहरी ऐन तथा प्रचलित कानुन अनुरूप शान्ति सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यावसायिक प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव कटिवद्ध रहेको बताए ।

    नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।     

    दुई दिवसीय उक्त सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय : क्षेत्र, विद्यमान अवस्था र सुधारका उपायहरू, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू : पहिचान, रोकथाम र अनुसन्धानका प्रहरी रणनीतिहरू, विरोध प्रदर्शन व्यवस्थापन : नागरिकको संवैधानिक अधिकारको संरक्षण र राज्यको अनिवार्य दायित्व निर्वाहको सन्दर्भमा प्रहरी परिचालन र शान्ति सुव्यवस्थाको दृष्टिकोण, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन : दक्ष, उच्च मनोबल र उत्प्रेरित जनशक्ति सुनिश्चित गर्ने रणनीतिहरू, नेपाल प्रहरीमा सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता : सेवा प्रवाह, आन्तरिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र अपराध अनुसन्धानमा सम्भावना र चुनौतीहरू, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी : क्षमता अभिवृद्धि, समन्वय, समुदाय सहकार्य र भावी आवश्यकताहरू एवम् सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका : सचेतना, प्रवर्तन र क्षति न्यूनीकरणको योजना सम्बन्धी विषयहरूमा वृहत रूपमा छलफल एवम् अन्तरक्रिया हुनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।