काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ ।
टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ ।

सलादमा मुला, गाँजर, काँक्रो, लगायत राखिएको छ भने भात नखानेलाई रोटीको व्यवस्था गरेको छ । डेर्जटमा दही जेरी राखिएको छ । साथै केपी शर्मा ओलीको फोटो सहितको अधिवेशनको लोगो स्टिकर लगाईएको पानीको बोतल समेत उपलब्ध छ ।
एमालेको महाधिवेशनमा खाना खुवाउने जिम्मा ए वान पार्टी प्यालेसले पाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology