Logo

२०८३, आश्विन १०गते


images
images

जनगणतन्त्र स्थापनाका लागि माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी : अध्यक्ष दाहाल

जनगणतन्त्र स्थापनाका लागि माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी : अध्यक्ष दाहाल

images
  • जनगणतन्त्र स्थापनाका लागि माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी : अध्यक्ष दाहाल
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालको अन्त्य गरी जनताको जनगणतन्त्र स्थापना गर्न पार्टीको काँधमा ऐतिहासिक जिम्मेबारी आएको बताएका छन् । शनिवार भक्तपुरमा आयोजित पार्टीको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीकै राजनीतिक मुद्दामा केन्द्रित भएर लड्नुपर्ने समय आएको बताए । 

    images
    images
    images

    उनले विगतमा अरु राजनीतिक दलसँग भएका चुनावी गठबन्दनतिर संकेत गर्दै अब आफ्नै संगठनलाई बलियो बनाउनुपर्ने उल्लेख गरे । प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजकता बढेको भन्दै अहिलेकै स्थितिमा पार्टी अगाडि बढ्न नसक्ने बताए । पार्टीमा भएका व्यक्तिवादी सोचलाई तोडेर बलियो जन संगठन निर्माणको नयाँ प्रक्रियामा जानुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    अध्यक्ष दाहालले तराई मधेसमा आफूले शुरु गरेको अभियान र जनतामा देखिएको प्रभावले नेपाली काँग्रेस तथा नेकपा एमाले लगायतका दलहरु त्रसित भएको बताउँदै देशप्रतिको जिम्मेबारी बोधले आफू ७० वर्षको उमेरमा पनि देशव्यापी आन्दोलनमा होमिएको जिकिर गरे । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।