देवदह । रुपन्देहीको देवदह नगरपालिकाको दुई स्थानमा धम्मयात्रा सम्पन्न भएको छ । धम्मकाय संस्था थाईल्याण्ड, अखिल नेपाल भिक्षु महासंघको आयोजना र बौद्ध समाज नेपालको व्यवस्थापनमा धम्मयात्रा भएको हो । लुम्विनीमा भईरहेको ५ सय कुलपुत्र श्रामणेर प्रव्रज्या कार्यक्रम अन्तर्गत देवदहको दुई स्थानमा धम्मयात्रा भएको कार्यक्रम संयोजक चन्दा थापाले जानकारी दिइन् ।
देवदह–५, पानवारी स्थित देवदह बौद्ध विहारबाट शुरु भएको धम्मयात्रा खैरेनी चोक, गुरुङ्गटोला, सिगाहा हुदै देवदह–३, सेमरहनामा रहेको बौद्ध शान्ति स्तुपामा पुगेर समापन भएको थियो । बौद्ध विहारबाट शुरु भएको धम्मयात्रामा ७५ जना अल्पकालिन भिक्षुहरुको सहभागिता रहेको बौद्ध विहारका अध्यक्ष भविन्द्र थापाले जानकारी दिए । धम्मयात्रामा सहभागिहरुलाई देवदहका विभिन्न स्थानमा आमनागरिकले स्वागत गरेका थिए । धम्मयात्रामा सहभागी भएका अल्पकालिन भिक्षु, सहयोगीहरुलाई बौद्ध शान्ति स्तुपा व्यवस्थापन समिति, चाहना आमा समुह, संगम युवा क्लव, मगर महिला संघले भोजनदानको व्यवस्था गरेको क्लवका सल्लाहकार मिनबहादुर थापाले जानकारी दिए ।

यसैगरी देवदह नगरपालिका–१२, प्रगतिनगरमा समेत धम्मयात्रा सम्पन्न भएको छ । प्रगतिनगर स्थित कोलिय बुद्ध विहारबाट शुरु भएको धम्मयात्रा शंकरपुर चौराह हुँदै गुरुङ्ग समाजको भवनमा पुगेर समापन भएको कार्यक्रम संयोजक दुरमान गुरुङ्गले बताए । कोलिय बुद्ध विहारमा विहान पुजा, प्रवचनसंगै धम्मयात्रा शुरु गरिएको गुरुङ्गले जानकारी दिए । धम्मयात्रामा ७५ जना अल्पकालिन भिक्षुहरुको सहभागिता रहेको संयोजक गुरुङ्गले जानकारी दिए ।
श्रामणेर प्रव्रज्या कार्यक्रम अन्र्तगत भएको धम्मयात्राको अवसरमा देवदह बौद्ध विहारमा भगवान गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ । बौद्ध विहारलाई बुटवलका शुरेशरत्न बज्रचार्यले प्रदान गर्नु भएको बुद्धको मूर्तिको एक कार्यक्रमका बिच थाईल्याण्डका भिक्षु कितीफमले अनावरण गरेको विहारका अध्यक्ष थापाले जानकारी दिए ।
बुद्धको मूर्ति अनावरणको अवसरमा बौद्ध विहारमा पुजा गनुैका साथै प्रवचन समेत गरिएको थियो । धम्मयात्रामा देदवह नगरपालिकाका कार्यवहाक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नगर प्रवक्ता गणेश डुम्रे, देवदह–३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल, वडा नम्वर २ का वडाअध्यक्ष दलबहादुर राकासकोटी, वडा नम्वर १२ का डेगबहादुर सारु, जनप्रतिनिधि, समाजसेवीहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology