Logo

२०८३, आश्विन ९गते


images
images

सामाजिक उत्तरदायित्व वहन गर्दै ग्रामीण लघुवित्त

सामाजिक उत्तरदायित्व वहन गर्दै ग्रामीण लघुवित्त

images
  • सामाजिक उत्तरदायित्व वहन गर्दै ग्रामीण लघुवित्त
    images
    images

    कृष्ण अन्जान, पोखरा । ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाले (साविक ग्रामिण विकास बैंक) शाखा कार्यालय हेमजाले पोखरा महानगरपालिका १६ बाटुलेचौर निवासी सुनिता कुँवरको आश्रित परिवारलाई विमा दाबी वापतको रकम प्रदान गरेको छ ।  

    images
    images
    images


    शाखाका प्रबन्धक जयकृष्ण भुषालले सोमबार उनका हकवाला छोरा सुशान्त कुँवरलाई २ लाख १२ हजार २सय ६० रुपैयाँको चेक हस्तान्तरण गरे । बैंकको शाखा अन्तर्गत केन्द्र नम्बर १९ अन्तर्गत समुह नम्बर १२मा आबद्ध सदस्य कुँवर २०७८ साउन १ गते कोभिड १९को कारण निधन भएको थियो ।

    images
    images
    images


    दिप महिला समाजका केन्द्र प्रमुख समेत रहेकी कुँवरलाई शाखा कार्यालयबाट २०७७ मंसिर ९ गते ३ लाख कर्जा लगानी गर्दाको बखत बैंकबाट ३ लाखका कर्जा विमा गरेको थियो । 

    images
    images
    images


    शाखा प्रबन्धक भुषालले रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबाट कुँवरको मृत्यु पश्चात विमा दाबी वापतको रकम तथा काजकिरिया खर्चको रकम ३ लाख ९० हजारबाट उनले बंैकलाई बुझाउनु पर्ने साबाँ व्याज रकम कट्टा गरी बाँकी रहेको रकम हस्तान्तरण गरिएको बताए । 


    ‘कर्जा लगानी गर्दाको बखत सदस्य कुँवरले कर्जा विमा गरेकोले अहिले परिवारको लागि थोरै भएपनि राहत भएको छ,’शाखा प्रबन्धक भुषालले भने, ‘विमको रकम भवितव्यको वेलामा काम लाग्ने रहेछ ।’


    कार्यक्रममा केन्द्र तथा समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।  सैनिक आवासीय विद्यालयका कक्षा ७मा पढ्ने सुशान्तका बाबु सुरज कुँवरको मुटुको रोगको कारण गत मंसिर महिनामा मृत्य भैसकेको छ ।


    लघुकर्जा मार्फत गरिबी निवारणका क्षेत्रमा काम गरिरहेकाे ग्रामीण विकास लघुवित्त ले सातवटै प्रदेशमा अाफ्ना शाखा मार्फत लघुकर्जा र लघु बचतकाे काम गरिरहेकाे छ ।


    समुहगत रुपमा विनाधिताे कर्जा वितरण गर्दै अाईरहेकाे सरकार द्वारा स्थापना गरिएकाे याे वित्तीय सँस्थाकाे प्रधान कार्यालय बुटवलमा रहेकाे छ ।


    विगतमा पाँच विकास क्षेत्रमा छुट्टाछुट्टै रुपमा रहेकाे साविकका ग्रामिण बैँक हरु मर्जर भै सकेपछि देशकै ठुलाे लघुवित्त सँस्था बनेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।