काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् । चाँडै यसको घोषणा हुने उनको दावी छ ।
कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने ट्रम्पको भनाई छ । अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको उनले बताए ।
अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको ट्रम्पको आरोप छ । इयुले मुलतः कृषि उत्पादनहरु स्वीकार नगर्ने ट्रम्को भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology