Logo

२०८३, आश्विन १०गते


images
images

वडाकाे आय बढाउन पाखैभरि टिमुर खेती, संरक्षणमा समुदाय उदासिन !

वडाकाे आय बढाउन पाखैभरि टिमुर खेती, संरक्षणमा समुदाय उदासिन !

images
  • सेतोमसी सहकर्मी
  • वडाकाे आय बढाउन पाखैभरि टिमुर खेती, संरक्षणमा समुदाय उदासिन !
    images
    images

    कृष्ण अन्जान, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालीका वडा नं. ३ ले स्थानिय देउराली काेट क्षेत्रकाे बन्जर जमिनलाइ खनखाेरस गरि टिमुरकाे व्यवसायिक खेती शुरु गरेकाे छ ।

    images
    images
    images


    तानसेन-रिडी-तम्घास माेटरबाटाेकाे ठुलढुँगा क्षेत्रभन्दा माथिकाे ३० राेपनी सार्वजनिक जग्गालाइ उपयाेग गर्दै २०७५ सालमा ५ सय बाेट टिमुर लगाइए सँगै याे क्षेत्रकै नाम टिमुरे डाँडा राखिएकाे रुरुक्षेत्र ३ का वडाध्यक्ष शेषनारायण पौडेलले बताए ।

    images
    images
    images


    तीन बर्ष अघि सल्यानबाट वडा सदस्य तिलक ज्ञवालीकाे पहलमा ल्याइएका टिमुरका बिरुवा हर्लक्कै बढेका मात्र छैनन अबकाे २ वर्षमा फल्न शुरु समेत हुने देखिएका छन । थाेर्गा गाउँकै उच्च भुभाग सँगै चिसाे क्षेत्र भएकाले पनि टिमुरका उत्पादनका  लागि देउराली क्षेत्र उपयुक्त रहेकाे पाइएकाे छ ।

    images
    images
    images


    वडा कार्यालयकाे ७५ हजारकाे लागतमा  टिमुरका बिरुवा ल्याएर याे क्षेत्रमा राेपिएकाे हाे ।
    फागुन महिना लागेपछि याे क्षेत्रमा लागाइएका टिमुरका बिरुवा हरुमा नया पालुवा लाग्छन भने कुनै असार साउनमा  बाेटहरु हरियै हुन्छन र कताकति फल पनि देखिन्छन् ।


    सार्वजनिक जग्गालाइ उगपयाेग गरि लगाइएका टिमुरले उत्पादन दिन थालेपछि त्यसकाे आयस्ता स्थानिय बिकास निर्माणमा खर्च गरिने वडाध्यक्ष शेषनारायण पौडेल बताउँछन ।


    उनी अगाडि भन्छन् - "स्थानीय तहले गरेका कामहरूमा समुदायकाे सहभागिता आवस्यक हुन्छ यद्यपि  तर सबैकाम वडाले गरिदिए हुन्थ्याे भन्ने मानसिकता समुदायमा रहेकाे पाईयो।" 


    यसरी सार्वजनिक जग्गामा लगाइएका टिमुरका बाेटहरुकाे सँरक्षणमा स्थानिय समुदायकाे भुमिका आवस्यक हुने अध्यक्ष पौडेलकाे भनाइ छ ।  


    मासिक रुपमा सामान्य पारिश्रमिककाे व्यवस्था गरि वडाले हेरालाे व्यवस्था गरेकाे छ । तर टिमुरका बाेटहरु केही व्यक्तिले उँखेलेर लगेकाे पाइएकाेले सँरक्षणमा समुदायकाे  सजगता आवस्यक छ देखिएको वडा कार्यालयको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रुरूक्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।