Logo

२०८३, आश्विन १०गते


images
images

प्रिमियर लिग : लिभरपुल र एस्टन भिल्ला बराबरीमा रोकिए

प्रिमियर लिग : लिभरपुल र एस्टन भिल्ला बराबरीमा रोकिए

images
  • प्रिमियर लिग : लिभरपुल र एस्टन भिल्ला बराबरीमा रोकिए
    फाइल फोटो
    images
    images

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुल र एस्टन भिल्लाले बराबरी खेलेका छन् । भिल्लाको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

    images
    images
    images

    सुरुमा लिभरपुलले अग्रता लिएको खेलमा एस्टन भिल्लाले पुनरागमन गर्दै अग्रता बनाएपनि जोगाउन नसक्दा २ अंक गुमायो । लिभरपुलले गुमाएको अग्रतालाई बराबरी गर्दै हारबाट जोगियो ।

    images
    images
    images

    खेलको २९औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा युरी टिलेमन्सले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्जुरी समयमा ओली वाट्किन्सले गोल गर्दै पहिलो हाफमै घरेलु टोलीलाई अगाडि राखे ।

    images
    images
    images

    दोस्रो हाफको ६१औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले गोल गर्दै खेल पुन: बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।


    बराबरीपछि लिभरपुल २६ खेलबाट ६१ अंकसहित शीर्षस्थानमा यथावत् छ । एस्टन भिल्ला ३९ अंकसहित नवौं स्थानमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।