Logo

२०८३, आश्विन १०गते


images
images

संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा

संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा

images
  • संविधान संशोधनमार्फत कमी कमजोरीलाई सुधार्नुपर्छ : देउवा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएका कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका छन् ।

    images
    images
    images

    बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले अहिलेको संविधान लचिलो रहेको भन्दै संशोधनमार्फत कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताएका हुन् ।

    images
    images
    images

    समावेशीताको बिषयमा नपुगेका कुराहरूलाई पुरा गर्नका लागि कांग्रेस प्रतिबद्ध रहेको उनले बताए । सभापति देउवाले सम्पूर्ण नेपालीहरूलाई समावेश गराउने गरी नेपालमा समावेशी राजनीति लागू भएको उल्लेख गरे ।  ३३ प्रतिशत महिलाको आरक्षण संसारमा थोरै देशमा मात्रै भएको उनको भनाइ छ । 

    images
    images
    images

    उनले अग्रजहरूको त्याग र तपस्याले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै प्रजातन्त्रका लागि लड्नेहरूलाई कांग्रेसले सदैव सम्मान गर्ने जिकिर गरे । कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै आगामी निर्वाचनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।