Logo

२०८३, श्रावण २७गते


images
images

देवदहका सामुदायिक वनहरूमा डढेलो नियन्त्रण अभियान संचालन हुने

देवदहका सामुदायिक वनहरूमा डढेलो नियन्त्रण अभियान संचालन हुने

images
  • देवदहका सामुदायिक वनहरूमा डढेलो नियन्त्रण अभियान संचालन हुने
    images
    images

    देवदह । गाउँ वन समन्वय सञ्जाल रुपन्देही र सव डिभिजन वन कार्यालय शितलनगरको बैठकले वन डढेलो नियन्त्रण अभियान संचालन गर्ने निर्णय गरेको छ । सोमबार देवदहमा बसेको बैठकले गर्मी मौसम शुरु भएकोले वन डढेलो नियन्त्रणको लागि सञ्जालमा आवद्ध सामुदायिक वनमा सप्ताहव्यापी सचेतना अभियान संचालन गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    आगामी चैत्र १ गते बुद्ध सामुदायिक वन उपभोक्ता समुहले संचालन गरेको गौतम बुद्ध राष्ट्रिय उद्यानबाट सप्ताहव्यापी अभियान सुरु गर्ने गाउँ वन संजाल रूपन्देही अध्यक्ष खेमनारायण अधिकारीले जानकारी दिए । गाउँ वन समन्वय सञ्जाल रुपन्देहीको आयोजना, डिभिजन वन कार्यालय रुपन्देही, सव डिभिजन वन कार्यालय शितलनगर र सामुदायिक वनहरुको सहयोगमा वन डढेलो नियन्त्रण सम्वन्धी सप्ताहव्यापी अभिभान संचालन गरिने उनले बताए । 

    images
    images
    images

    सप्ताहव्यापी अभिभानको मिलन सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा एक कार्यक्रम गरी समापन गरिने जनाइएको छ । 

    images
    images
    images

    गाउँ वन सञ्जालका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षता रहेको बैठकमा सव डिभिजन वन कार्यालयल शितलनगरका प्रमुख सहायक वन अधिकृत रविन्द्रनाथ चौधरी,  सञ्जालका वरिष्ठ उपाध्यक्ष तेजबहादुर कुवर र सचिव टेकबहादुर राना लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।