कृष्ण अन्जान, गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर १ भट्कुवास्थित पहारपाखाे सामुदायिक वनमा बिहानैदेखि चहलपहल छ। सामुदायिक वनका पदाधिकारीहरु सबै व्यस्त देखिन्छन। सबै सदस्यहरूका हातमा विरुवा छन् । वनमा एकैदिन १८ सय अमलाका विरुवा रोप्दा देखिएको दृश्य हो - यो।
त्यसो त वर्षा लागेपछि बृक्षाराेपण गर्ने कार्य एकप्रकारको फैसन जस्तै भएको छ । हरेक संघसंस्थाले आफ्नो कार्यक्रममा बृक्षाराेपण नै राखेका हुन्छन ।
तर रुरुक्षेत्र गाउँपालिका वडा १ भट्कुवाकाे पहारपाखाे सामुदायिक वनले भने एउटा निश्चित उद्देश्यसहित याे बृक्षाराेपण गरेकाे छ ।
सामुदायिक वनका सदस्य, स्थानीय आमा समूह, स्थानिय क्लवमा आवद्ध सर्वसाधारण, स्थानीय तहका जनप्रतिनिधि र वन कार्यालयका कर्मचारी सबैलाई समेटेर पहारपाखाे सामुदायिक वनमा अन्य घाँसजन्य विरुवासंगै करिब १८ सय अमलाका बाेट राेपिएकाे छ। त्यतिमात्र होइन, यहाँ एक घर दस अमलाका विरुवा राेपन अभियान नै संचालन गरिएको रुरुक्षेत्र १ का वडा सदस्य सुशील कुमार श्रेष्ठले जानकारी दिए ।
"हामीले अमलालाई प्राथमिकतामा राखेका छौ र याे वनक्षेत्रसँगै हरेक घरलाई अमलाका बाेटहरु राेप्न लगाएर अमला पकेट क्षेत्रकाे रुपमा विकास गर्ने र अबकाे पाँच वर्षमा याे पकेट क्षेत्रमा अमलाकाे प्रशोधन केन्द्र खाेल्ने लक्ष्य छ" पहारपाखाे सामुदायिक वनका अध्यक्ष धन बहादुर विकले भने ।
रातभरि परेकाे वर्षाका कारण पनि पहारपाखाे सामुदायिक वनमा लगाईएका अमलाका ९५ प्रतिशत जाग्ने अनुमान गरिएकाे छ ।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीकाे प्रमुख आतिथ्यता आयाेजित कार्यक्रममा रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विक, रुरु सत्यवति सव डिभिजन वन कार्यालय रिडीका प्रमुख दयाराम पौडेल, कार्यपालिका सदस्य लक्ष्मी भट्टराई लगायतकाे उपस्थिति रहेकाे थियाे ।
बृक्षाराेपणका लागि बिरुवा रुरु सत्यवति सब डिभिजन वन कार्यालयले उपलब्ध गराएको थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology