Logo

२०८३, श्रावण २७गते


images
images

भ्रष्टाचार !

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्धा दायर

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्धा दायर

images
  • सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर दानीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार समितिको रकम निर्णय बिना खर्च गर्ने, बिल–भरपाई बिना नक्कली कागजात तयार गरी भुक्तानी देखाउने र आम्दानी रकम हिनामिना गर्ने कार्य गरिएको पाइएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा पदाधिकारीबीच मिलेमतो गरी गैरकानुनी लाभ लिने उद्देश्यले अनियमितता गरिएको अनुसन्धानबाट खुलेको हो ।

    images
    images
    images

    आयोगले मालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री तथा सदस्य हरि प्रसाद अधिकारी समेतको आपसी मिलोपतोमा सडक निर्माणका नाममा नक्कली कागजात तयार गरी रकम खर्च देखाएको, लेखापरीक्षण नभए पनि शुल्क भुक्तानी गरेको र काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा दाखिला नगरेको आयोगले जनाएको छ । साथै नर्सरी व्यवस्थापन लगायतका शीर्षकमा बिना प्रमाण लाखौँ रकम खर्च देखाइएको पाइएको छ ।

    images
    images
    images

    त्यस्तै, वनसम्बन्धी मुद्दामा अधिवक्तालाई शुल्क भुक्तानी गरेको देखाउँदै रकम दुरुपयोग गरिएको, मुद्दा तथा साक्षी खर्चका नाममा समेत रकम हिनामिना गरिएको आरोप छ । अध्यक्षले व्यक्तिगत प्रयोजनका लागि रकम प्रयोग गरेको र व्यक्तिगत जरिवाना तिर्न समेत समितिको कोष प्रयोग गरिएको पाइएको छ ।

    विभिन्न शीर्षकमा नक्कली कागजात बनाएर जम्मा १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आयोगले सोही बराबर बिगो कायम गरी कारबाहीको मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सामुदायिक वन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।