Logo

२०८३, आश्विन ९गते


images
images

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध : उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध : उद्योगमन्त्री

images
  • सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध : उद्योगमन्त्री
    images
    images

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न तयार रहेको बताएका छन् ।

    images
    images
    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले शुक्रवार आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ वाटो’ बिषयक अन्तरक्रिया उहाँले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताए ।

    images
    images
    images

    सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उनले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताए । उनले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित)को मध्यामबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताए ।

    images
    images
    images
     

    “आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ । कार्यालय दर्ता हुने वित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौँ”, उनले भने । उद्योगमन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनूभूति दिइरहेको बताए ।

    उनले धुँवा, प्रदुषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिए । उनले पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताए ।

    मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउने समेत तयारी भइरहेको उल्लेख गरे । उनले मन्त्रालयअन्तर्गतका कानूनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको भनाइ राखे । उनले करमा सहुलियत हुन सके सूचना प्रविधिको विकास अझ बढी हुने पनि बताए ।

    कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष सुनैना पाण्डेले सूचना प्रविधिसँग सम्बन्धित कानूनमा देखिएका समस्यालाई सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्योगमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।