Logo

२०८३, कार्तिक २४गते


images
images

भरिदै कोशेली भवन

भरिदै कोशेली भवन

images
  • भरिदै कोशेली भवन
    images

    देवदह । वि. सं. २०७५ सालमा सुरु भएर २०७८ साल बैशाख २५ गते निर्माण सम्पन्न भएको देवदह नगरपालिकाको बहुउद्धेश्यीय कोशेली भवन लामो समयसम्म प्रयोगविहिन भयो । निर्मा ण भएको केही समयपछि लुम्बिनी बौद्ध विश्वविद्यालयले भवनको तेस्रो तल्लामा केही समयसम्म डीन कार्यालय राखेपनि अरु भाग भाडामा जान सकेन ।

    images
    images
    images

    त्यसो त नगरपालिकाको पाँच करोड ३२ लाख ८५ हजार ९६८ रुपैयाँ खर्चिएर निर्माण भएको भवन संचालन तथा व्यवस्थापनको लागि कार्यविधि बनाउन नै देवदह नगरापलिकालाई वर्षौं लाग्यो । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा आएपछि वि.सं. २०८० सालमा मात्रै यसको कार्यविधि निर्माण भयो । नगरपालिकाले सबै कानुनी र प्राविधिक तयारी गरेर सटर तथा हल भाडामा लगाउन पटक पटक बोलपत्र आह्वान ग¥यो । तर दोस्रो पटकसम्म नगरपालिकाले बोलपत्र आह्वान गर्दा समेत कसैको आवेदन परेन । 

    images
    images
    images

    देवदहका उत्पादन र सेवाहरुको हबको रुपमा कोशेली भवनलाई सञ्चालन गर्ने नगरपालिकाको उद्धेश्य विपरित कोशेली भवनमा अपराधिक क्रियाकलाप हुन थाले । २०८० मंसिर २५ गते साँझपख कोशेली भवनमा एक युवती माथि बलात्कार प्रयास भयो । जसको समाचारलाई महत्वका साथ सेतोमसीले प्रकाशन ग¥यो । ‘देवदहको कोशेली भवनभित्र युवतीमाथि बलात्कार प्रयास’ शिर्षकमा प्रकाशित समाचारमा कोशेली भवन अपराधिक अखडा बन्ने चिन्ता व्यक्त गरिएको थियो । लगत्तै सेतोमसीले नै आफ्नो भिडियो रिपोर्टको कार्यक्रम ‘मिसन खबर’ मा १४ मिनेट लामो रिपोर्ट प्रसारण ग¥यो । जसमा राज्यको ५ करोड बढी लागतमा बनेको संरचना प्रयोगमा स्थानीय सरकार नै उदासिन देखिएको सामग्री समावेश थियो । 

    images
    images

    यसरी आलोचनाको विषय बनिरहेको भवनलाई भाडामा दिनेबारे तेस्रो पटक जारी भएको बोलपत्र आह्वानमा सेतोमसी, देवदह प्रेस क्लब र देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिरा बहादुर खत्रीले सञ्चालन गरेको शिवगंगा डेरी उद्योगले ४ वटा सटर भाडामा लिन आवेदन दिए । यसरी बोलपत्र आह्वान मार्फत पहिलो पटक कोशेली भवनको सटर भाडामा लिएर हाल सेतोमसी डटकम र देवदह प्रेस क्लब सुरुवात देखि नै कार्यालय स्थापना गरेर भवनमा बस्दै आएका छन् । भने शिव गङ्गा डेरी उद्योगले भाडा तिरेपनि सटर प्रयोगमा ल्याएको छैन । 

    सेतोमसी र प्रेस क्लबको कार्यालय कोशेली भवनमा सरे लगत्तै त्यहाँ हुने अपराधिक क्रियाकलाप नियन्त्रण भए । त्यतिमात्र होइन, त्यसयता नगरपालिकाको नापी कार्यालय, समृद्ध समुदाय विकास केन्द्र, दम्पति क्याफे लगायतका व्यवसाय र कार्यालय कोशेली भवनबाट सञ्चालित छन् । नगरपालिका आफैले एउटा महिला समुहलाई निशुल्क रुपमा सटर दिएर उनीहरुलाई उद्यममा जोड्ने प्रयत्न गरेको समेत जनाएको छ । एक सूचना प्रविधि कम्पनीले दुई वटा हल भाडामा लिने तयारी गरि रहेको छ । त्यसपछि कोशेली भवनमा १५ वटा थप सटर भाडामा जान बाँकी हुनेछन् । 

    देवदह प्रेस क्लबका सल्लाहकार समेत रहेका सेतोमसीका कार्यकारी सम्पादक पवन पौडेल कोशेली भवन मिडियाको दवावका कारण सञ्चालनमा आएको र मिडिया कै पहलमा हाल भरिने क्रममा रहेको बताउँछन् । "हाम्रो पहल नभएको भए कोशेली भवन अपराधिक अखडा हुने खतरा थियो  । हाम्रो दवावकै कारण कार्यविधि बन्यो र हाल सटर भाडामा गैरहेका छन  ।"  कार्यकारी सम्पादक पौडेलले भने, "यो आर्थिक संकटको अवस्थामासमेत एकवर्षको भाडा अग्रीम भुक्तानी गरेर सेतोमसीले कोशेली भवनमा स्टूडियो निर्माण लगायतमा १० लाख बढी रकम लगानी गरेको छ ।"

    देवदह नगरपालिका नगर प्रमुख ध्रुवप्रसाद खरेल उद्धेश्य अनुरुप स्थानीय उत्पादन र सेवाको विक्री र प्रदर्शनीको केन्द्रको रुपमा कोशेली भवन सञ्चालन हुने बताउछन । ‘अब कोशेली भवन भरिने क्रममा छ ।’ प्रमुख खरेलले भने, ‘एउटा सस्तो पसल सञ्चालन गर्ने कुनै संस्था आएको खण्डमा हामी त्यसको लागि समेत वातावरण तयार गर्न खोजिरहेका छौं ।’

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा इच्छाशक्ति भयो भने सबै काम सम्भव हुने बताउँछन् । ‘कोशेली भवन सञ्चालनमा केही जटिलता थिए । कार्यविधि बनेको थिएन । हामीले पहल गर्यौं, कार्यविधि बन्यो । एक दुई पटकको प्रयासमा भएन, निरन्तर प्रयासपछि कोशेली भवन अब विस्तारै फुलफेजमा सञ्चालन हुने अवस्थामा छ ।’ उनले भने, ‘यो बर्षको अन्त्यसम्म भवनका सबै सटर र हलहरु प्रयोगमा आइसक्नेछन् ।’ 

    कोशेली भवन सञ्चालन र व्यवस्थापनमा देखिएका समस्याको पहिचान र नयाँ सम्भावनाको खोजी गर्ने कार्य निरन्तर चलिरहने प्रक्रिया हो । स्थानीय कृषि र अन्य उत्पादित वस्तु तथा सेवाको प्रवद्र्धन र बजारिकरण गर्ने उद्धेश्यले कोशेली भवन निर्माण गरिएको हो । सरकारले कतिवटा कोठा भाडामा लगायो र कति राजश्व सङ्कलन ग¥यो भन्ने विषय एउटा महत्वपूर्ण विषय हो नै, तर त्यो भन्दा महत्वपूर्ण विषय यसलाई उद्धेश्य अनुरुप दिगो रुपमा कसरी सञ्चालन गर्ने भन्ने हो ।

    अर्कोतर्फ भवन भाडामा लगाउँदा त्यसलाई सञ्चालन गर्ने कार्यविधिको समेत महत्वपूर्ण भुमिका हुनेगर्छ । देवदह नगरले २ बर्ष अघि निर्माण गरेकोे कार्यविधिकै कारण कतिपय व्यवसायिहरु आँफुहरु कोशेली भवनमा जान नसकेको बताउँछन् । कार्यविधिमा २५ हजार रुपैंया धरौटी र तिन महिनाको बहाल समेत अग्रिम रुपमा बुझाउनुपर्ने बाध्यताका कारण उद्योगी, व्यापारीहरु कोशेली भवन प्रति आकर्षित हुन नसकेको उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारी बताउँछन् । ‘अहिले आर्थिक मन्दिका कारण यसैपनि उद्योगि, व्यवसायि, किसान सबै  निराश छन् । यस्तो अवस्थामा आएको कार्यविधिले दोहोरो रुपमा अग्रिम भुक्तानीको व्यवस्था गरेकाले व्यवसायिलाई समस्या परेको छ ।’ उनी भन्छन्, ‘राज्यले उत्पादनसंग जोडिने र त्यसको बजारीकरणमा लाग्नेहरुलाई यो समयमा विशेष राहत सहित संरक्षण गर्नुपर्ने हुन्छ ।’ 

    नगरपालिकाले देवदह–७ शान्तिनगर चोकदेखि मदनग्राम चोकसम्मको सडक स्तरोन्नती गर्ने र चौडा  बनाउने हो भने कोशेली भवनमा थप आकर्षण बढ्न सक्छ । देवदहको बजार क्षेत्रको रुपमा विकसित हुँदै गरेको सितलनगर चोक र त्यहाँ विद्यमान पार्किङ्ग समस्याका कारण किनमेल र अन्य कामको लागि समेत समस्या हुनेगरेको छ । व्यापारीक हिसावले समेत कोशेली भवनबाट फरक-फरक भेराईटी दिन सक्ने हो भने यो बैकल्पिक व्यापारीक केन्द्र बन्न सक्छ । 

    हरेक शुक्रबार पाल्पाको गोठादीबाट ल्याएर खैरेनी चोकमा अव्यवस्थित रुपमा विक्रिवितरण गर्ने कृषिजन्य वस्तुहरुलाई समेत सोहि दिन कोशेली भवनमार्फत डेलिभरी दिने व्यवस्था मिलाउने हो भने यसको उपयोगिता थप बढ्थ्यो । नेपालका विभिन्न ठाउँहरु उत्पादन र बजारिकरणका हिसावले ब्राण्डिङ्ग भएका छन् । पाल्पास्थित जोरधाराको बटुक, मलेखुको माछा, ढोरपाटन र हेम्जाको आलु, भोजपुरको खुकुरी पाल्पाको ढाका जस्तै देवदहमा उत्पादन हुने अर्गानिक तरकारीको पनि ब्राण्डिङ्ग गर्न सकिन्छ । कोशेली भवन परिसरमा पुर्व पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनलाई केही मिनेट रोकिने व्यवस्था गर्ने र यहाँ उत्पादित तरकारीलाई चौविसैघण्टा कोशेली भवन मार्फत विक्रिवितरण गर्ने  हो भने यसले यहाँका किसानलाई कृषि प्रति लाग्न थप प्रेरीत गर्न सक्थ्यो ।

    वडा कार्यालय, खानेपानी कार्यालय, विद्युत कार्यालय, सवडिभिजन वन कार्यालय, क्याम्पस, विद्युतिय चार्जिङ्ग सेन्टर, हाटबजार, यशोधरा पार्क, भिक्षुणी विहार, स्मृति बन बाटिका, देवदह मण्डप लगायतका प्रशासनिक, शैक्षिक र आर्थिक केन्द्रहरुको नजिक रहेको कोशेली भवन देवदहको भविष्य बन्न सक्छ  । त्यसको लागि सम्पूर्ण सरोकारवाला पक्षको पहल र इच्छाशक्ति जरुरी देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोशेली भवन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।