Logo

२०८३, श्रावण २७गते


images
images

भ्यालेन्टाईन डे को दिन देवदहमा खुल्यो दम्पती क्याफे

भ्यालेन्टाईन डे को दिन देवदहमा खुल्यो दम्पती क्याफे

images
  • भ्यालेन्टाईन डे को दिन देवदहमा खुल्यो दम्पती क्याफे
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा ‘दम्पती केक एन्ड क्याफे’ सञ्चालनमा आएको छ । बैदेशिक रोजगारीको क्रममा १० बर्ष कोरीया बसेका देवदहका रमेश पौडेलले क्याफे सञ्चालनमा ल्याएका हुन् ।   

    images
    images
    images

    बैदेशिक रोजगारीको क्रममा कोरीया रहँदा त्यहाँका हरेक गल्लीहरुमा क्याफे सञ्चालन भइरहेको देख्दा आफु नेपाल फर्केर कफि सप सञ्चालन गर्ने सोँच बनाएको उनले बताए । मैले नेपाल आएपछि ३ बर्ष अघिदेखि नै यो सोँच बनाएको हुँ, तर यो विचमा कोभिडपछिको आर्थिक मन्दिका कारण काम सुरुवात गर्न सकिएको थिएन । उनले भने, ‘अब ढिला गर्न हुन्न भन्ने सोँचेर अहिले क्याफे सञ्चालनमा ल्याएको हुँ ।’ 

    images
    images
    images

    ६ महिना अघिबाट क्याफे सञ्चालन गर्ने तयारी थालेका रमेशले बुटवलमा गएर कफि र केक सम्बन्धि तलिम लिएको बताए । ‘कुनैपनि काम सुरुवात गर्दा आफुँले त्यो काम जानेको हुनुपर्छ ।’ उनी भन्छन्, ‘खाने कुरा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले पनि मैले आफु स्वयम यसमा जानकार हुनुपर्छ र खट्नुपर्छ भन्ने लागेर तालिम लिएको हुँ ।’ 

    images
    images
    images

    देवदह–७ मा अवस्थित कोशेली भवनमा करिव २० लाख रुपैंया लगानिमा सुरु भएको दम्पती क्याफेमा हट कफी र कोल्ड कफी लगाएत सबै प्रकारका कफी आइटम, बबुल टि, पिजा, वर्गर, सेक, लस्सी, स्मुथी तथा सबै फ्लेवरका केक लगाएतका नन अल्कोहलिक वेभरेज तथा नास्ताका विभिन्न परिकारहरु उपलब्ध रहेको सञ्चालक पौडेलले जानकारी दिए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।