देवदह । लकडाउन खुकुलो हुँदै गएपछि मानिसले पर्यटकीय क्षेत्रमा रमाइलो गर्न थालेका छन् । महामारीको सङ्क्रमण कम भएसँगै रुपन्देहीको देवदह खैरेनी बजारबाट उत्तरतर्फ तिन किलोमिटर भित्र पर्ने गौतमबुद्ध राष्ट्रिय उद्यानमा अहिले घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बुद्ध सामुदायिक वनको स्वमित्वमा रहेको कुल करिब आठ हेक्टर क्षेत्रफलमा चार हेक्टर ओगटेको सुन्दर उद्यान सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अनुसारनै वनले धमाधम पर्यटकीय क्षेत्र विकासका काममा जोड दिएपछि पर्यटक बढ्दै गएका छन् ।

मुलुकका अन्य जिल्लाबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गौतमबुद्ध राष्ट्रिय उद्यान, बुद्ध सामुदायिक बन क्षेत्रभित्र पर्दछ । नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले २०७६ सालमा ‘देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६’ आयोजना समेत गरिएको थियो। वनमा कुहिएर खेर गएका काठ, मुढाहरुबाट सुन्दर मुर्ति बनाएर सजाउने सपना देखेका देवदहको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु अहिले आफुहरुको सपना पुरा भएको बताउछन् ।

चारैतिर हरियाली वन, उत्तरतर्फ भुल भुले झरनामा कलकल बहेको पानिको दृश्य संगै बुद्धसँग जोडिएका जीवनी झल्काउने कलात्मक काठका मूर्तिहरू विभिन्न भागमा सजाएर राखिएका छन् । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दु रहेको सेल्फी पुल, बुद्ध वाटर फल, भुलभुले झरना र हरियो बनको मनोरम दृश्य देख्न सकिन्छ ।
‘कोरोना भाइरसले लकडाउन भएका कारण धेरै समय मानिस घर भित्रै बस्नुपरेको थियो । बिशेसत् कास्टकला नामले चिनेने यो पार्कमा घुमफिर गरेर टिकटकका लागि भिडियो बनाउने, फेसबुक स्टोरीका लागि भिडियो र फोटो खिच्नेको संख्या दिनहुँ बढेको छ । पार्कमा आउने पर्यटकको रोजाइ पानीको फोहोरा, पार्क छेउको चाइनिज दुबोमा बसी फुलबारीमा तस्बीर खिच्ने हुन्छ ।
पिकनिक खाने, र विभिन्न सभा समारोह गर्नका लागि उपयुक्त ठाँउ बुद्ध पार्कले भिजीटरका लागि २० रुपैयाँ शुल्क निर्धारण गरेको छभने, शारीरिक असक्त, जेष्ठ नागगरिकहरु लाइ भने निशुल्क प्रबेस गराएको छ ।
हरियाली वनको चिसो शीतलता, चराचुरुङ्गीको मीठो गुञ्जयमान आवाज, बनको दृश्य यहाँबाट हेर्दा मनका पीडा, दुःख नै भुलाइदिने खालको प्राकृतिक सुन्दरता रहेको देवदह निवासी नरेस अचार्या बताउँछन् ।
कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेपछि आन्तरिक पर्यटकहरुको लागि भ्रमण गर्ने प्रमुख थलो बुद्ध पार्क बनेको छ । ‘लकडाउनले गर्दा घुमफिर गर्न पाइएको थिएन । नजिकै पार्क भएपछि घुम्न आइयो,’ सुनवलका गोबिन्द अर्यालले भने

कोरानाको लहरमा सरकारले गरेको लकडाउनका कारण पार्क संचालनमा आउनसकेको थिएन । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर भदौ एक गते बाट आन्तरिक तथा बाह्य पर्यटकलाई पार्क भित्र पस्न दिन थालिएको गौतमबुद्ध राष्ट्रिय उद्यानका अद्क्ष्य टेक बाहादुर रानाले बताए । पार्क संचालन हुन थालेपछि जिल्ला भित्र र बाहिरबाट पर्यटकहरु रमाइलो गर्न आउन थालेको अद्क्ष्य रानाले बताए । पर्यापर्यटनका रुपमा काम भइरहेको यस वन क्षेत्रमा पर्यटकलाई लक्षित गरी बाल उद्यान निर्माण गर्ने योजना रहेको रानाले बताए । हाल दैनिकजसो १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।
कोरोनाको कहर कम भएलगत्तै पर्यटकको चहलपहल बढेको छ ।
सेतोमसी सहकर्मी रेशम अधिकारी र नबिन लुइटेलले तयार पारेको रिपोर्ट
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology