Logo

२०८३, आश्विन ९गते


images
images

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल, प्रशिक्षकसहित चार जनालाई रातो कार्ड

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल, प्रशिक्षकसहित चार जनालाई रातो कार्ड

images
  • एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल, प्रशिक्षकसहित चार जनालाई रातो कार्ड
    images
    images

    काठमाडौं । इन्जुरी समयमा जेम्स टर्कोवस्कीले नाटकिय गोल गरेपछि लिभरपुलले एभर्टनसँग अङ्क बाँड्न बाध्य भएको छ। ‘मर्सी साइड डर्वी’ भिडन्तको तनावपूर्ण अन्त भएको खेलमा दुवै टिमले अङ्क बाँडेका हुन् । गुडिसन पार्कमा बुधवार राति भएको खेलमा ऐतिहासिक मर्सीसाइड डर्बीपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटसहित चार जनालाई रातो कार्ड देखाइएको थियो । खेलको अन्त्यमा भएको गोल स्वीकार्न लिभरपुललाई मुस्किल परेपछि विवादास्पद बनेको थियो ।

    images
    images
    images

    इन्जुरी समयको ८औं मिनेटमा एभर्टनका जेम्स टार्कोव्स्कीले बराबरी गोल गरेपछि मिडफिल्डर अब्दुलाए डौकौरेले लिभरपुलका समर्थकहरू अगाडि गएर उत्सव मनाए । उक्त घटनाले लिभरपुलका खेलाडीहरूको आक्रोशित बनाएको थियो । लिभरपुलका स्थानीय खेलाडी कर्टिस जोन्सले डौकौरेको व्यवहारलाई लिएर असन्तोष जनाउँदै उनलाई समात्ने प्रयास गरेपछि दुवै पक्षका खेलाडी, प्रशिक्षक, स्टेवार्ड र प्रहरीसमेत एक(अर्काविरुद्ध भिडन्तमा सामेल भए ।

    images
    images
    images

    रेफ्री माइकल ओलिभरले विवाद शान्त भएपछि डौकौरे र जोन्सलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए। त्यसपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटले रेफ्रीसँग आक्रामक रूपमा हात मिलाएपछि उनलाई पनि सिधै रातो कार्ड दिइयो । उनका सहायक प्रशिक्षक सिप्के हल्सहोफलाई पनि रेड कार्ड देखाइयो । यो खेल गुडिसन पार्कमा भएको १२०औं र अन्तिम मर्सीसाइड डर्बी थियो । एभर्टन आगामी सिजनदेखि लिभरपुलको वाटरफ्रन्टमा रहेको नयाँ रंगशालामा सर्नेछ । प्रिमियर लिग इतिहासमा मर्सीसाइड डर्बीमै सबैभन्दा बढी रातो कार्ड (२३) देखाइएको थियो, जुन कुनै पनि अन्य खेलको तुलनामा धेरै हो । यस खेलपछि त्यो संख्या २७ पुगेको छ ।

    images
    images
    images

    अन्तिम समयको गोललाई मान्यता दिन रेफ्रिले भिएआरको सहयोग लिएका थिए । जहाँबाट अफसाइड र फउल नभएको ‘क्लिन सिट’ पछि लिभरपुलको संभावित ९ अङ्कको अग्रता टरेको थियो । यो खेलसँगै एभर्टनले गुडिसन पार्कमा आफ्नो अन्तिम मर्सीसाइड डर्बी सम्झनालायक बनाएको छ । जहाँ एभरटन र लिभरपुल दुवैले समान ४१–४१ जित दर्ता गर्दै यो ऐतिहासिक मैदानमा आफ्नो यात्रा समाप्त गरेका छन् ।

    खेलको ११औं मिनेटमा भावनात्मक रूपमा तातेको वातावरणमा जाराड ब्रान्थवेटको फ्रिकिक लिभरपुलका लागि आश्चर्य बन्यो, जसलाई बेटोले सजिलै पोस्टको दिशा दिँदा एभर्टनले खेलमा अग्रता बनायो । तर लिभरपुल तुरुन्तै खेलमा फर्कियो । पाँच मिनेट पछिनै मोहमद सालाहको क्रसलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेड गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा थप उत्कर्ष बाँकीनै थियो ।

    समर्थकहरु आक्रमक बनिरहँदा गुडिसन पार्कमा सालाहले ब्रान्थवेटको क्लियरेन्सलाई सदुपयोग गर्दा दोस्रो हाफमा निर्धारित समय सकिन १७ मिनेट बाँकी रहँदा गोल गर्दै अग्रता दिलाए। तर, गुडिसन पार्कले अन्तिम क्षणमा झनै रोमाञ्चक बन्दा विवादास्पद पनि बन्यो। जसलाई दर्शकहरूले सधैं सम्झनेछन् ।

    यो बराबरीसँगै लिभरपुल शीर्ष स्थानमा सात अंकको अग्रतामा सिमित बन्यो। तर यस खेलको नतिजाबाट बढी खुसी एभरटन नै देखियो । एभर्टनको अङ्क तालिकामा २७ अङ्कका सात १५औं स्थानमा रहेको छ ।

       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।