बुटवल । प्रगतिशील लेखक संघ (प्रलेस), रूपन्देहीले अङ्ग्रेजी, संस्कृत र नेपाली छन्द कार्यशाला संचालन गरेको छ । मंगलबार रुपन्देहीको सैनामैनास्थित न्यू एकेडमी इङ्लिस बाेर्डिङ स्कुलमा एक दिवसीय कार्यशाला संचालन गरिएको हो ।
कार्यक्रममा साैन्दर्य चिन्तक ऋष्रिराम भुषालकाे र मुक्तककार डा. मुरारी पराजुली, प्रलेसका अध्यक्ष कविराज पाैडेल र छन्दकवि सागर के.सीले प्रशिक्षण दिएका थिए ।
विद्यालयका प्राचार्य टाेपलाल भट्टराईकाे अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मीन प्रसाद पाैडेल, कृष्ण गाउँले, गगनजंग शाह लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology