Logo

२०८३, आश्विन ९गते


images
images

समाचार प्रभाव :

सुनवल नगरपालिकामा आर्थिक वर्षभित्रै दमकल

सुनवल नगरपालिकामा आर्थिक वर्षभित्रै दमकल

images
  • सुनवल नगरपालिकामा आर्थिक वर्षभित्रै दमकल
    सांकेतिक तस्विर
    images
    images

    रेशम अधिकारी, सुनवल । सुनवल नगरपालिकाले दमकल खरिद गर्ने भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख विमला अर्यालले नगरपालिका दमकलको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।

    images
    images
    images

    नगर क्षेत्रका विभिन्न वडाहरूमा भएका आगलागीका घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रमुख अर्यालले दमकल खरिदलाई पहिलो प्राथमिकतामा राखी तयारीमा जुटेको जनाएकी छन् । 

    images
    images
    images

    विगतका ठूला आगलागी घटनाबाट महत्वपूर्ण धनजनको क्षति भएको छ ।" विज्ञप्तिमा भनिएको छ, "पहिलो वर्षमै दमकलको व्यवस्था गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरिएको थियो, जसको सकारात्मक परिणामस्वरूप विदेशी दातृ संस्थाबाट अनुदानमा दमकल प्राप्त गर्ने सम्झौता भएको छ । हाल यो प्रक्रिया अन्तिम चरणमा पुगेको छ र चालु आर्थिक वर्षभित्रै दमकल प्राप्त हुने निश्चित भइसकेको छ ।"

    images
    images
    images

    विपद् व्यवस्थापनका क्रममा सहयोग पुर्याउने छिमेकी पालिकाहरूप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले भविष्यमा यस्ता घटनाबाट बच्न थप उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ ।

    स्मरण रहोस्, सेतोमसीले गतसाल नै "सुनवलमा छैन दमकल, आगलागी नियन्त्रणका लागि बाल्टीमा पानी बोक्नुपर्ने बाध्यता" शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

    IMG-20250206-WA0000.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।