Logo

२०८३, आश्विन ९गते


images
images

कभर स्टोरी

देवदह तालमा पस्यो सुनवलको राजनीति

देवदह तालमा पस्यो सुनवलको राजनीति

images
  • देवदह तालमा पस्यो सुनवलको राजनीति
    images
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवल हाल चर्चा र आलोचनाको केन्द्रमा छ । विषय हो,  सुनवल-७ स्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको देवदह ताल संरक्षण र मानवबस्ती स्थानान्तरणको क्रममा उत्पन्न विवाद ।

    images
    images
    images

    देवदह ताल त्यही महत्वपूर्ण स्थान हो, जहाँ उत्खननका क्रममा बुद्धकालिन इटा, इनार, भाँडाकुँडासहित ऐतिहासिक सामाग्रीहरु फेला परेका थिए  । ऐतिहासिक स्थान संरक्षणको विषयमा चासो र चर्चा हुन थाल्यो ।  विभिन्न समयमा संरक्षणको प्रयास पनि गरियो तर राजनैतिक किचलो र स्वार्थका कारण यहाँ समस्या पैदा हुँदै आइरहेको छ । तालमा पछिल्लो समय पनि किचलोको शृङ्खलाले निरन्तरता पाएको छ । किचलोको बारेमा प्रस्ट हुन केही तथ्य बुझ्नु आवश्यक छ ।

    images
    images
    images

    २०८१ पौष २२ गते देवदह ताल संरक्षण एवं पुनर्निर्माण समाजका अध्यक्ष शिवलाल ढकालको अध्यक्षतामा बसेको बैठकले तालको संरक्षण र सौन्दर्यीकरणका लागि ताल क्षेत्र वरपरका ४५ घर हटाउने निर्णय गर्यो । टोल विकास समिति, देवदह ताल संरक्षण एवं पुननिर्माण समाज, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको समन्वयमा पहिलो चरणमा ताल छेउका पाँच घर जनजागृति आधारभुत विद्यालय नजिक सार्ने सहमती भयो । निर्णय वमोजिम स्थानीयले तोकिएको स्थानमा घर टहरा निर्माण गर्न सुरु गरे ।

    images
    images
    images

    तर केही नेताहरुले सार्वजनिक जग्गा अतिक्रमणको आरोपसहित नगरपालिकामा निवेदन दिए । नगरपालिकाले अर्को निर्णय नहुँदासम्म टहरा निर्माण नगर्न, नगराउन निर्देशन दियो । नगरपालिकाको निर्देशनले अहिले पाँच घर परिवार स्थानीय 'घर न घाट'को भएका छन् ।  उनिहरु चिसो मौसममा त्रिपालको सहारामा कष्टकर जीवन विताउन बाध्य छन् ।

    सुनवल नगरपालिका प्रमुख विमला अर्यालले सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको हुनाले टोलविकास संस्था र वडा कार्यालयलाई जथाभावी जग्गा वितरण नगर्न निर्देशन दिएको जानकारी दिइन् । उनले नगरपालिकाले घर भत्काउन वा नयाँ ठाउँमा घर बनाउन कुनै अनुमति नदिएको बताइन् ।

    devdaha tal .jpeg
    देवदह ताल छेउबाट बस्ती हटाइएको स्थान

    सुनवल-७ का वडा अध्यक्ष नारायण आचार्यले  ४५ घरधुरीले ४-५ कठ्ठा सार्वजनिक जग्गा ओगटेको र वस्तीलाई तालको उत्तरतर्फ रहेको प्रयोगविहीन २ कठ्ठा जग्गामा स्थानान्तरण गर्न खोजिएको बताए । यसले ताललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बाटो खुल्ने र सार्वजनिक जग्गाको संरक्षण पनि हुने भएका कारण वडा कार्यालयले आवश्यक सहजिकरण गरिदिएको बताए । 

    ताल संरक्षण एवं पुननिर्माण समाजले जग्गा अतिक्रमणको उद्देश्य नरहेको स्पष्ट पारेको छ । मानव वस्ती नसारेसम्म ऐतिहासिक तालको संरक्षण र विकास सम्भव नभएका कारण सफा नियत राखेर स्थान्तरण गर्न खोज्दा स्वार्थ समूहको प्रभावमा परेर केही नेताहरुले सार्वजनिक जग्गा अतिक्रमणको आरोप लगाएको उनिहरु बताउँछन् ।

    ऐतिहासिक देवदह ताल संरक्षण एवं पुनिर्माण समाजका उपाध्यक्ष प्रकाश बारघरेले मानव बस्तीको फोहोर सिधै तालमा मिसिदा ताल दुर्गन्धित भएका कारण सर्वपक्षीय सहमतीमा मानव बस्ती स्थानान्तरण गर्न लागिएको बताए । 

    टोलविकास समिति अध्यक्ष रोमबहादुर क्षेत्री ताल र विद्यालय दुवै तर्गौली क्षेत्रभित्र नै पर्ने हुँदा सहमतिमा बस्ती स्थानान्तरण गरिएको र सार्वजनिक जग्गा अतिक्रमणको कुनै मनसाय नभएको बताउँछन् । "विद्यालय पनि यसमा सहमत छ । सबैको उद्धेश्य ऐतिहासिक तालको संरक्षण र विकास गर्ने हो । यसमा विरोध जनाउनुपर्ने कुनै कारण छैन" उनले भने । 

    कांग्रेसका स्थानीय नेता राजन क्षेत्री नेपाली पाँच वटा बस्ती मात्र सार्ने कुरा वैज्ञानिक नभएको बताउछन । पुरै ४५ घर धुरी नै त्यहाँबाट स्थानान्तरण गरेर व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । उनी भन्छन् "एकलौटी निर्णय गरेर भएन, सर्वसम्मत ढंगले वैज्ञानिक निर्णय गर्नुपर्छ भनेर हामीले अनुरोध गरेका हौं ।"

    ऐतिहासिक देवदह ताल संरक्षणका लागि भएका प्रयासहरु स्थानीय राजनैतिक दलका कार्यकर्ताहरुको स्वार्थ वाझिदा बालुवामा पानी खन्याएझैँ भएको छन् । निर्वाचनको समयमा ताल संरक्षण र विकास भोट माग्ने गतिलो साधन बनाउन सफल राजनैतिक दलहरु विकासमा सिन्को नभाँच्ने तर एकआपसमा सिङ्ग जुधाएर बस्ने साँढे बनेका छन् ।

    देवदह तालको सौन्दर्यकरण र प्रचार प्रसार गर्न सके पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्न सकिन्छ । यसका लागि सरोकारवालारुको एकता आवश्यक छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।