०५ वैशाख बुटवल- बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार त्यहाँ उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको ज्यान गयो हो । शनिबार राती नै दैलेख नारायण नगरपालिका वडा नम्बर १ निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको थियो ।
यस्तै भैरहवा मेडिकल कलेजमा पनि एक जनाको मृत्यु भएको छ । 
भैरहवास्थित मेडिकल कलेजमा रुपन्देहीको मायादेवी गाउँपालिका-५ की ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
यो संगै लुम्बिनी प्रदेशमा एकै रातमा ४ जना कोरोना संक्रमितको मृत्युु भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology