काठमाण्डौ । आज सुनको मूल्य एकैदिनमा तोलामा एक हजार चार सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुनको भाउ तोलामा एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको भाउ पनि आज बढेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएर एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय ३५ रुपैयाँ थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology