Logo

२०८३, आश्विन १०गते


images
images

दुई दिनमा प्रतितोला तीन हजार ८०० रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

दुई दिनमा प्रतितोला तीन हजार ८०० रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

images
  • सेतोमसी सहकर्मी
  • दुई दिनमा प्रतितोला तीन हजार ८०० रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
    images
    images

    काठमाडौं ।  मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

    images
    images
    images

    सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

    images
    images
    images

    सोमबार र मंगलबार गरी दुई दिनमा सुनको भाउ प्रतितोला तीन हजार आठ सय रूपैयाँ घटेको हो।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    सोमबार प्रतितोला १७ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको भाउ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।