Logo

२०८३, श्रावण २७गते


images
images

आज देशभर १ हजार ४ सय ७८ सङ्क्रमित थपिए

आज देशभर १ हजार ४ सय ७८ सङ्क्रमित थपिए

images
  • आज देशभर १ हजार ४ सय ७८ सङ्क्रमित थपिए
    images
    images

    काठमाडौँ । आज देशभर १ हजार ४ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।११ हजार ६७ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार २ सय ५१ जना तथा २ हजार ८ सय ६३ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय २७ जना गरी जम्मा १ हजार ४ सय ७८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    यसैगरी काठमाडौँ उपत्यकामा थप ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ ।  काठमाडौँमा ३ सय ५५, भक्तपुरमा ५८ र ललितपुरमा १ सय ५१ गरी जम्मा ५ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 

    images
    images
    images

    देशभर आज कोरोना सङ्क्रमणबाट १ हजार ६ सय ३० जना मुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ५५ हजार ६ सय ३० जना निको भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९५ दशमलव ९ प्रतिशत रहेको छ । 

    images
    images
    images

    आज कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको प्रवक्ता डा. पौडेलले बताउनुभयो । देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा २१ हजार १ सय ३९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 

    जसमा ३ सय ३४ जनाले आइसियु र १ सय १९ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

    No photo description available.

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।