Logo

२०८३, आश्विन ९गते


images
images

फेरियो जनज्योतिको मुहार

फेरियो जनज्योतिको मुहार

images
  • फेरियो जनज्योतिको मुहार
    images
    images

    सुनवल । सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरप्रति बेलाबेलामा प्रश्न उठ्दै आइरहेका बेला नवलपरासीको सुनवल–७ स्थित जनज्योति आधारभूत विद्यालयले भने केही परिवर्तनको सुरुवात गरेको छ । प्रयास गरे सम्भव के हुदैँन भन्ने मान्यता अनुरुप हाल त्यस क्षेत्रका स्थानीयको सामूहिक प्रयासमा विद्यालयको मूहार नै फेरिएको हो ।

    images
    images
    images

    केही वर्ष अघि विद्यालयको अवस्था अत्यन्त नाजुक थियो ।  ४ वर्ष अघिसम्म पनि विद्यालय विद्यार्थी अभावमा पटकपटक मर्जको सूचीमा पर्दै आएको थियो । कक्षा १ देखि ७ कक्षासम्म पढाइ हुने विद्यालयमा विद्यार्थीको संख्या समेत अत्यन्त न्यून थियो । विद्यार्थीको अभावले विद्यालय बन्द हुने अवस्थाम पुगेपछि स्थानीयहरु एकिकृत भएर विद्यालयको वृद्धि विकास तर्फ केन्द्रित भए ।
    विद्यालयलाई नमुना बनाउन अभिभावकहरु एकजुट भए । चुनौतीका बाबजुत नयाँ ढङ्गबाट विद्यालय सञ्चालनको योजना सुरु गरेका स्थानीयले गाँउमा रहेका सबै बालबालिकालाई जनज्योति विद्यालयमानै पढाउने निर्णय गरे । ‘शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यालयको भौतिक संरचना निर्माण गर्न स्थानीयहरुले सामूहिक पहल गर्नुभयो ।’ विद्यालयका अध्यक्ष गोविन्द कुँवरले भने, ‘हाल विद्यालयको शैक्षिक वातावरणमा सकरात्कमक परिवर्तन आएको छ ।’ दुई वर्षअघि ५० जना मात्र विद्यार्थी रहेको जनज्योतिमा अहिले एक सय ६१ जना बालबालिकाले अध्ययन गरिरहेका छन् ।

    images
    images
    images

    विद्यालयमा समयानुकुल शिक्षा र अभिभावकको चाहना बमोजिम अंग्रेजी माध्यमबाट पढाई हुनेगरेको छ  । विद्यालयको भौतिक संरचनामा पनि परिवर्तन आएको छ  । उज्यालो कक्षा–कोठा, सफा अनि फराकिलो खेलमैदान, छात्र र छात्राका लागि सफा शौचालय, शिक्षक–शिक्षिकाबाट हुने नियमित पठनपाठन आजभोली जनज्योतिको लागि नियमित कर्म बनेको छ । त्यस्तै विद्यालय र समुदायबिचको आत्मियताले यसको समग्र स्वरूपमा नै परिवर्तन आएको शिक्षक अविभावक संघका अध्यक्ष रामप्रसाद ज्ञवालीले बताए । 

    images
    images
    images

    व्यवस्थापनमा विशेष ध्यान दिइएको विद्यालयका भित्ताहरूमा विभिन्न चित्र तथा भित्तेलेखन, हरेक कक्षामा प्रशस्त शैक्षिक सामग्री, व्यवस्थित पुस्तकालय र कम्प्युटर ल्याबको समेत व्यवस्था गरिएको छ  । विद्यालय परिसरमा रहेको बगैंचा र व्यवस्थित खेलमैदानले विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्नेको छ  । अहिले विद्यार्थीहरू नियमित विद्यालय आउँछन् । 

    समुदायमा आएको शैक्षिक जागरण, अभिभावक र समुदायको माग बमोजिम विद्यालयले सुरु गरेको पठनपाठन क्रियाकलाप, शैक्षिक स्तरमा क्रमश हुँदै गएको सुधार अनि शिक्षक–शिक्षिकाले नियमित पठनपाठन गराउन थालेपछि विद्यालयको स्तरोन्नति भएको विद्यालयकि प्रधानाध्यापक सावित्री कुमारी राना बताउँछिन् ।

    विद्यालयहरु केवल अध्ययनको केन्द्र मात्र नभएर, विद्यार्थीहरूको उज्जवल भविष्य निर्माण गर्ने स्थल हुन् । ग्रामिण क्षेत्रमा यस्ता विद्यालय धेरै छन्, जहाँ अध्यक्षको झोलामा विद्यालय र प्रअ को झोलामा विद्यार्थी हुनेगर्छन् । अनि अभिभावकहरु विद्यार्थीलाई संस्थागत र नीजि विद्यालयमा पठाउन वाध्य हुनेगर्छन् । तर जनज्योतिको यो उदाहरणले विद्यार्थी संख्या अभावका कारण जोखिममा परेका विद्यालयहरुलाई राम्रो सिकाई प्रदान गर्न सक्छ । शिक्षाको महत्व बुझेका सुनवल–७ का स्थानीय, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र सम्पूर्ण सरोकारवालाहरुले विद्यालय सुधारका लागि गरेको प्रयास अनुसरण योग्य छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।