देवदह। जनता माध्यमिक विद्यालय देवदह-८ ले ३५ औं वार्षिकोत्सव मनाएको छ ।
आइतवार विद्यालय प्राङ्गणमा स्थापना दिवसको अवसरमा सदनात्मक हाजिरीजवाफ प्रतीयोगिता तथा पुरस्कार वितरणसंगै वार्षिकोत्सव मनाएको विद्यालयले जनाएको छ ।
उक्त अवसरमा बालबालिकाहरुले आफू भित्र भएका विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा दिर्घायु नेपालद्वारा विद्यालयलाई शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।
कार्यक्रम वाड नं ८का अध्यक्ष हरि प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खेमप्रसाद पाण्डेयको अध्यक्षता, विद्यालयका सहायक प्रधानाध्यापक विद्या कुमारी पौडेलको स्वागत र बिमला अर्यालको संचालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology