कृष्ण अन्जान, रुरु । जंगलमा वस्ने धेरै जनावरहरु लाेपाेन्मुख छन र तिनै लाेपाेन्मुख जनावरमा पर्छ गाेहाेराे ।
मुख्यतया भिर पाखा पहराका दुलाेहरुमा वस्ने गाेहाेराे देख्नै पाईँदैन र देखि हाले पनि हिँस्रक मानविय स्वाभाव मारेर खाई हाल्ने चलन छ । भिर पहराे र दुलाहरुमा बस्ने याे जन्तु घाम लाग्दा दुलाबाट निस्केर मज्जाले घाम तापेकाे पहिले देख्न पाईन्थ्याे ।
चार खुट्टाले हिँड्ने तर लामाे पुच्छर घिसार्ने याे जनावरकाे पुच्छरमा तेजिलाे धार हुने र पुच्छरले हानेर आफु माथि आईलाग्ने शत्रुलाई घाईते बनाउन सक्ने शक्ति रहेकाे बुढापाकाहरु बताउँछन ।
गाउँ घरमा यिनै लाेपाेन्मुख जनावर गाेहाेराे मार्ने र गाेहाेराेकाे छाला काढेर सुकाएर भजन किर्तनमा बजाईने खैँजडि बनाउने परम्परावादि चलन थियाे । तर याे जनावर करिव लाेप हुने अवस्थामा पुगेपछि बाख्राकाे छालाकाे खैँजडि बनाएर गाउँ घरतिर बजाउने गरिएकाे छ ।
तर रुरुक्षेत्र १ स्यालपाेखरी नजिकै रहेकाे मित्र ज्ञवालीकाे घरमा केहि वर्ष देखि यहि लाेपाेन्मुख सुन गाेहाेराेले आश्रय लिएकाे छ ।
अत्यन्तै सतर्कताका साथ आफ्नाे बसाई जँगलबाट घरमा सारेकाे याे गाेहाेराे घरकाे माथिल्लो आंटिमा वस्ने गरेकाे घर धनि मित्र ज्ञवालीले बताए ।
"घाम लागेपछि मज्जाले टिनमा चढेर घाम ताप्छ घरमा केही बिगार गर्दैन बरु मुसा खान्छ याे जनावर हाम्रो साथि बनेकाे छ" मित्र ज्ञवाली भन्छन् ।
घरपरिवार बिचकाे तलामा सुत्ने र गाेहाेराे माथिल्लो तलामा घरजम गरेकाे लामाे समय भैसकेकाे ज्ञवालीकाे भनाई छ ।
आफू घरबाहिर जाँदा उक्त गोहोरोले घरको चौकिदार नै गर्ने ज्ञवाली बताउँछन् ।
मित्र ज्ञवाली याे गाेहाेरालाई भगवानकाे अवतार मान्छन र र सँरक्षण गर्नु पर्ने बताँछन । एउटै मात्र देखिने गाेहाेराकाे जीवन चक्रमा अरु गाेहाेरा पनि छन या याे एक्लै छ आफुलाई थाहा नभएको ज्ञवालीकाे भनाई छ ।
मान्छे नदेख्दा घरकाे टिनकाे छाना तिर घाम ताप्ने र मान्छे देख्नेबित्तिकै लुकिहाल्ने लजालु स्वाभावकाे याे गाेहाेराे घरकाे गहना भएकाे र यसलाई घरलाई आश्रय बनाउन दिएकाे ज्ञवाली बताउछन् ।
पछिल्लो चरणमा धेरै जंगली जनावरहरु लाेप भइरहँदा घरलाई आश्रय स्थल बनाएकाे याे गाेहाेराे आकर्षणकाे केन्द्र बनेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology