कृष्ण अन्जान, रुरु । सांझ पर्दा नपर्दै बिजुलीका बल्व वरिपरि लपक्कै सेताे पुतलीले घेर्न थालेकाे धेरै भईसकेकाे छ ।
मुख्यतया रुरुक्षेत्र गाउँपालिका भित्रका ग्रामिण क्षेत्रमा सेतापुतली घरमा बालेका बिजुलीका बल्वहरुमा मडारिन थालेका छन । याे क्रम भदौ लागेपछि बढि देखिएकाे रुरु ३ का कृष्णराज ज्ञवालीले बताउनु भयाे ।
सेताे पुतलि आँखाकाे लागि विषालु हुने स्वास्थ विज्ञहरुकाे ठहर छ । सेताे पुतलीबाट सापु अर्थात सिजनल हाइपरएक्युट पेन युभिटिस भन्ने आँखाकाे राेगकाे सँक्रमण हुन सक्ने देखिएकाे छ ।
सेताेपुतली अर्थात माथकाे सँसर्ग मा अाएपछि आँखा राताे हुने, कचरा लाग्ने, उज्यालाेमा हेर्न गाह्रो हुने, दुखाई बढ्ने र आँखाकाे नानी सेताे हुन सक्ने स्वस्थ्यकर्मिकाे भनाई छ ।
भदौदेखि मंशिरसम्म सेताे पुतलीकाे प्रकाेप बढ्न सक्ने देखिन्छ ।
सेताे पुतलीबाट हुन सक्ने आँखाकाे सँक्रमणबाट वच्न सेताे पुतलीबाट टाढा रहने, बढि उज्यालो र सेताे बत्ती नबाल्ने, साँझपरेपछि झ्यालढाेका राम्राेसँग बन्द गर्ने र राति बत्ती निभाएर सुत्नु पर्ने स्वास्थ्यकर्मिकाे सुझाव छ ।
सेताे पुतलीकाे सँसर्गबाट लागेकाे आँखाकाे सापु राेगमा जुनसुकै औंषधि आँखामा हाल्दा दृष्टि विहिन पनि बन्न सकिने सँभावना रहेकाले चिकित्सककाे सल्लाहमा औंषधि प्रयाेग गर्नुपर्ने अन्यथा सेताे पुतलीबाट आँखामा लाग्ने राेगले दृष्टि विहिन हुन सकिने चिकित्सकहरू बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology